सभापति देउवाको उपस्थितिसहित कांग्रेसको पदाधिकारी बैठक बस्दै

सभापति देउवाको उपस्थितिसहित कांग्रेसको पदाधिकारी बैठक बस्दै


नेपाली कांग्रेसको यही असोज २६ गते हुन लागेको केन्द्रीय समितिको बैठकको तयारीका लागि आज (२३ असोज) कांग्रेस पदाधिकारीको बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको उपस्थितिसहित दिउँसो १ बजे ललितपुरस्थित एक होटलमा बैठक बस्न लागेको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सभापति देउवाको भौतिक उपस्थितिमा बस्न लागेको यो पहिलो बैठक हुनेछ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते देउवा र उनकी पत्नी आरजु राणामाथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएयता उनी सार्वजनिक भएका छैनन् । तर, भर्चुअल माध्यमबाट पार्टीका अन्य नेताहरुसँग देउवाले छलफल तथा परामर्श गर्दै आएका कांग्रेस स्रोतले जनाएको छ ।