एकीकृत समाजवादीको सचिवालय बैठक पनि आजै
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५८ औँ सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा आज (२४ असोज) ११ः०० बजे हुँदैछ ।
एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार बैठकमा आगामी केन्द्रीय कमिटीको कार्यसूची र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
एमालेको केन्द्रीय कमिटी बैठक पनि यही असोज २७ देखि २९ गतेसम्म ओलीनिवासमै हुने बताइएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक
यस्तै, एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज हुँदैछ । बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम-समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ । समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ । पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने उनले जानकारी दिएका छन् ।
प्रतिक्रिया