एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्‍यो

एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्‍यो


नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछाडि सरेको छ । तयारी नपुगेकाले बैठक सारिएको पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।

डा. अधिकारकिा अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौंमा बस्ने भएको छ । यसअघि बैठक असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय गरिएको थियो ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएपछि अन्य ठाउँमा बैठक बस्ने बताइएको छ । आज (२४ असोजको) पार्टी सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्ने जनाइएको छ । जेनजी आन्दोलनपछि एमालेले केन्द्रीय कमिटी बैठक डाकेको छ ।