सुन तस्करी प्रकरणका आरोपी माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

सुन तस्करी प्रकरणका आरोपी माओवादी नेता कृष्णबहादुर महरा पक्राउ


नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पक्राउ गरेको छ । ३ वर्षअघि विद्युतीय चुरोट (भेप)मा लुकाइ चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गराएको मामलामा आरोप लागेका महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

महरासँग सुन तस्करी प्रकरणमा अख्तियारले गत बिहीबार टंगालस्थित कार्यालयमा बोलाएर बयान लिएको थियो भने गत वर्षको ९ चैतमा उनलाई जिल्ला सरकारी वकिलको कार्यालयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाएको थियो । भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए ।