मधेस प्रदेशको मुख्यमन्त्री पदमा जितेन्द्र सोनल नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्री पदमा जितेन्द्र सोनल नियुक्त


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई बुधबार (२९ असोज) मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ नेतृत्वका लागि बुधबार दिउँसो ४ः०० बजेसम्म प्रदेश प्रमुख भण्डारीले समयसीमा तोकेकोमा बिहान कांग्रस एमाले बाहेकका ६ दलको ५७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका सोनललाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

सोनलले लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा सरकार गठनका लागि बहुमत दाबी गर्दै मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।

संविधानमा कुनै एक दलको स्पष्ट बहुमत नहुँदा प्रदेशसभामा बहुमत पुर्‍याउने आधारमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।