आजको पञ्चाङ्ग एवम् राशिफल (३ कात्तिक २०८२ सोमबार, २० अक्टोबर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ कात्तिक २०८२ सोमबार, २० अक्टोबर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ कार्तिक ३ गते तद्अनुसार सन् २०२५ अक्टोबर २० तारिख सोमबार कार्तिक कृष्ण पक्षको चतुर्दशी १४ः५९ पर अमावश्या तिथि हस्ता नक्षत्र वैधृति योग चतुष्पाद करण आनन्दादिमा बज्र योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः७ मा भयो र सूर्यास्त साँझ १७ः२८ बजे हुनेछ । कुकुरतिहार, नरकचतुर्दशी, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि, बिहान झिसमिसेमा तेल लगाएर नुहाउने, बेलुकी ५ः३० देखि अमृत बेलामा दीयो बाल्ने, ७ देखि ८ः३० बीच वृष स्थिर लग्नमा लक्ष्मी पूजा ।

आजको राशिफल

मेष – मिश्रित फलदायी समय छ । श्रम धेरै गरे पनि उचित मूल्याङ्कन नहुन सक्छ । मुस्किलले गरेको आम्दानी फजुलमा खर्च हुने योग रहेकोले आर्थिक कारोबारमा विशेष सजग रहनुहोला । हतारको निर्णयले काम बिग्रन सक्छ । मान्यजनको उचित सुझाव पनि अप्रिय लाग्न सक्छ । यसका बाबजुद कर्मबल बढ्नेछ । रसरागात्मक क्रियाकलापमा मन जानेछ ।

वृष – आजको दिन फुर्सदिलो अनुभूति होला । मनमा रहेको कुनैपनि डरत्रासको भाव हटेर नियमित कार्यमा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रागत कार्यमा विशेष लाभ होला । आय वृद्धिको योग छ । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

मिथुन – आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिएला । सामर्थ्य वृद्धिका साथै नियमित कार्यमा मन जानेछ । आलोचकहरू प्रशंसा गर्न थाल्नेछन् । प्रेम सम्बन्धमा सुधार आउनुका साथै दाम्पत्य सम्बन्ध सुखद रहनेछ । मित्रहरूको साथ प्राप्त हुनेछ ।

कर्कट – अरुको विश्वास सजिलै जित्न सकिने समय छ । व्यापार–व्यवसायबाट राम्रै आम्दानी हुनसक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मिष्ठान्न भोजन प्राप्तिको योेग छ । आजको दिन नसोचेको काम बन्ने देखिन्छ । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण बढ्ला ।

सिंह – आजको दिन मिहेनत बढी तर उपलब्धि कम हुने सम्भावना छ । स्वास्थ्य कमजोर रहनुका साथै खर्च बढ्ने योग छ । नयाँ तथा दीर्घकालीन योजना बनाउन पनि अनुकूल नहुन सक्छ । कुरा काट्नेहरू सल्बलाउनेछन् । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने सम्भावना छ । अरुको काममा ज्यादा समय खर्चनुपर्ने देखिन्छ । खेलकूद, भ्रमण जस्ता कार्यमा आकर्षण बढ्नेछ ।

कन्या – आजको दिन नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित होला । भाग्य बलियो छ । परिश्रमले धेरै काम बन्नेछन् भने आर्थिक लगानी बढाउन अनुकूल समय छ । परोपकारी कर्ममा मन जानेछ । मनोरञ्जनमा भुलिने योग पनि छ । दाम्पत्यसुख वृद्धि हुनुका साथै आरोग्यता रहनेछ । साझेदारीको काममा विशेष लाभ होला ।

तुला – व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ । रुचिका विषयमा लगानी बढाउन सकिएला । व्यवसायमा थप लगानी गर्दै हुनुहुन्छ भने ढुक्कले अघि बढ्न सकिनेछ । आयआर्जनको स्रोत फेला पर्नुका साथै वैदेशिक तथा ब्यापारिक कामकाजमा विशेष फाइदा होला । प्रेमसम्बन्ध र दाम्पत्यसुखको योग छ । स्वास्थ्य सबल रहनेछ ।

वृश्चिक – आजको दिन कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । मित्रहरूले प्रशंसा गर्नेछन् भने मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि होला । नसोचेको सम्मान मिल्ने समय छ । कला क्षेत्रमा रुचि बढ्नुका साथै पढाइलेखाइमा सुधार आउने योग छ । कुरा काट्नेहरु प्रशंसक बन्नाले साहस बढ्नेछ । बन्नेछ । समग्रमा अनुकूलता वृद्धि भएको अनुभूति होला ।

धनु – मित्रजनको सहयोगले रोकिएको काम बन्ने समय भएपनि आजको दिन परिवारभित्रै असन्तुष्टि र विवादको अवस्था निम्तिन सक्छ । पतिपत्नीबीच सल्लाह नमिल्ने देखिन्छ । लेनदेनको समस्याले सताउने र ब्यापारमा पनि घाटा ब्यहोर्नुपर्ने योग छ, होसियारी अपनाइ ब्यवहार गर्नुहोला । अनावश्यक रुपमा कसैसँग विवाद र झैझगडा हुनसक्छ, बोली र व्यवहारमा अत्यन्त सजग रहनु उचित हुनेछ ।

मकर – आजको दिन केही चुनौतीयुक्त रहला । आर्थिक समस्याले पनि सताउन सक्छ । लेनदेनमा विवाद बढ्ने तथा घरायसी समस्या पनि आउनसक्ने योग छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । चोटपटकको भय समेत रहेकोले विशेष सावधानी अपनाउनु हितकर हुनेछ । शत्रुपक्षबाट हानी हुन सक्छ, ध्यान दिनुहोला । तथापि, कतिपय प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा सहभागितको अवसर जुर्ने देखिन्छ ।

कुम्भ – बोझिला कामबाट मूक्ति र नियमित कार्यबाट पनि फुर्सद मिलेको अनुभूति हुने दिन छ । हितैषी मित्र एवम् आफन्तजनसँगको भेटले मन प्रसन्न रहला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । राम्रै आर्थिक उपार्जनको अवसर मिल्ने देखिन्छ । लामो समयदेखि रोकिएका कामहरू बन्न थाल्नेछन् । कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना पनि छ । परिवारिक सुख बढ्नाले मन उत्साहित रहला ।

मीन – भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । विपरीतलिंगीबाट विशेष साथ–सहयोग मिल्ने देखिन्छ । प्रेम प्रस्तावको पनि सम्भावना छ । परिवारजनबीच आत्मीयता बढ्नेछ । वित्तादि लाभको योग छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएकोले पठनपाठनमा ध्यान दिनु उत्तम होला । मित्रजनको सहयोग रहनाले जस्तोसुकै समस्याको समाधान मिल्ने देखिन्छ ।