निर्वाचनबारे छलफल गर्न सात राजनीतिक दललाई प्रधानमन्त्रीद्वारा पत्राचार

निर्वाचनबारे छलफल गर्न सात राजनीतिक दललाई प्रधानमन्त्रीद्वारा पत्राचार


प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सात राजनीतिक दललाई आमन्त्रण गरेकी छन् ।

प्रेस संयोजक राम रावलका अनुसार यही कात्तिक ४ गते मंगलबार साँझ ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचनका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री कार्कीले दलहरुलाई पत्र पठाएकी हुन् ।

छलफलका लागि तत्कालीन संसदमा मान्यताप्राप्त सात राजनीतिक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन आग्रह गरिएको छ । प्रधानमन्त्रीबाट छलफलका लागि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरूलाई बोलाइएको हो ।