✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ कात्तिक ६ गते तद्अनुसार सन् २०२५ अक्टोबर २३ तारिख गुरूबार कार्तिक शुक्ल पक्षको द्वितीया तिथि विशाखा नक्षत्र आयुष्मान योग बालव करण आनन्दादिमा प्रवद्र्ध योग चन्द्रमा तुला राशिमा २१ः६ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्ररणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः९ मा भयो र सूर्यास्त साँझ १७ः२५ बजे हुनेछ । यमद्वितीया, भाइटीका, बिहान ७ः१५ बजेतिर शुभ बेलामा, दिउँसो १२ः५ बजेतिर अभिजित योगमा टीका लगाउनु शुभ ।
आजको राशिफल
मेष – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने र आकस्मिक रूपले धनमाल आर्जन हुने समय छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ला । केही नोक्सानी भएपनि पछिसम्म फाइदा हुने काममा लगानीको अवसर प्राप्त हुन सक्छ । स्वास्थ्यमा भने विशेष ध्यान पुऱ्याउनुपर्ने देखिन्छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।
वृष – नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । प्रशंसकहरू बढ्नेछन् भने काममा अभिप्रेरित गर्नेहरू भेटिनेछन् । नाम, दाम र इनाम हातपार्ने योग छ । कर्मबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।
मिथुन – आजको दिन प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्ने सम्भावना छ । अध्ययन–अध्यापनमा पछि परिएला । अर्थसम्बन्धी विशेष योजना कार्यान्वयनको तयारीमा हुनुहुन्छ भने तत्कालका लागि थाती राख्नु उचित हुनेछ । गोपनीयतामा विशेष ध्यान दिनुहोला । नातेदारहरुसँग विवाद वा झैझगडाको सम्भावना भएकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सवारीसाधनको प्रयोगमा पनि सतर्कताको दरकार छ ।
कर्कट – विचारले धेरैलाई प्रभावित पार्न सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् भने लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नु हितकर हुनेछ । यात्रागत कार्यमा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्त एवम् मित्रजनको साथ–सहयोगले उत्साह बढ्नेछ ।
सिंह – विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । मन उत्साहित रहनेछ । तथापि, आफन्तजनको कारणबाट केही समस्या उत्पन्न हुनसक्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदको अवसर जुर्ने देखिन्छ ।
कन्या – आजको दिन तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने समय छ । तथापि, आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, ख्याल राख्नुहोला । दौडधुप बढेपनि त्यसबाट लाभ नै मिल्नेछ । आफन्तको साथ मिल्नेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख–विलास बढ्नेछ ।
तुला – प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । आर्थिक दृष्टिले चाहिँ आजको दिन केही समस्या निम्तिन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने योग छ । कुनैपनि कार्यमा बलजफ्ती गर्दा काम बिग्रन सक्छ, सजग रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता एवम् रचनात्मकता बढ्नेछ ।
वृश्चिक – आजको दिन अप्ठ्यारा कामको बोझ थपिन सक्ने र अरूको विश्वास गर्दा धोका मिल्ने सम्भावना छ, नियमित कार्यमा सतर्कता अपनाउनुहोला । सहयोगको आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । व्यापार–व्यवसायमा खासै उपलब्धि हासिल गर्न नसकिएला । इष्र्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उचित होला । नियमित कार्यमा व्यस्तता बढ्नेछ ।
धनु – प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिने समय छ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् भने रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्ने देखिन्छ । बोली र ब्यक्तित्वको प्रभाव वृद्धि होला । व्यवहारले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मेहनत गर्दा रोकिएको कर्मको प्रतिफल प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ भने रसरागको कार्यक्रममा आकर्षण रहला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
मकर – पछिका लागि फाइदा हुने अर्थात दिगो आम्दानीको काम प्रारम्भ गर्न सकिने समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन् । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला । प्रेमभाव बढ्नेछ भने साहस वृद्धि हुनेछ । मित्रजनको साथ मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ ।
कुम्भ – आजको दिन मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । प्रेमभावका साथ दाम्पत्यसुख पनि बढ्नेछ । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । धन कमाउने अवसर पनि मिल्ने योग छ । रोकिएका काम दोहोऱ्याएर प्रयत्न गरे सफल भइने छ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । मित्रजनको साथ-सहयोग मिल्नेछ ।
मीन – मेहनतले धेरै काम बनाउन सकिने समय छ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । बोलीको प्रभाव बढ्नाले कुनैपनि काममा विशेष फाइदा उठाउन सकिनेछ । शत्रुपक्ष वा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने योग छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्त एवम् मित्रजनको साथ-सहयोग प्राप्त हुनेछ ।
प्रतिक्रिया