आजको पञ्चाङ्ग एवम् राशिफल (७ कात्तिक २०८२ शुक्रबार, २४ अक्टोबर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ कात्तिक २०८२ शुक्रबार, २४ अक्टोबर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. १४४६ सिद्धार्थिनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ कार्तिक ७ गते तद्अनुसार सन् २०२५ अक्टोबर २४ तारिख शुक्रबार कार्तिक शुक्ल पक्षको तृतीया तिथि अनुराधा नक्षत्र सौभाग्य योग तैतिल करण आनन्दादिमा राक्षस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१० मा भयो र सूर्यास्त साँझ १७ः२४ मा हुनेछ । संयुक्त राष्ट्रसंघ दिवस ।

आजको राशिफल

मेष – आजको दिन नियमित कार्यमा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । सहयोगीहरूबाट उत्साहजनक साथ नपाइने देखिन्छ, सचेत रहनुहोला । मेहनतीजनका लागि भने राम्रै फाइदा हुने समय छ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । आरोग्यता रहनेछ । रचनात्मक कार्य काम बन्नेछ भने रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

वृष – मिश्रित फलदायी समय छ । लाभदायी कार्य प्रारम्भ हुने देखिन्छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने साझेदारीमा पनि फाइदा नै हुने योग छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ, तर स्वास्थ्यगत समस्याले सताउन सक्छ । न्यून उपलब्धिले मनमा असन्तोषको भाव जागृत हुनसक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

मिथुन – प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउला । तर, अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने देखिन्छ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । लामो दूरीको यात्रा वा वैदेशिक भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अप्रत्यासित धनलाभले उत्साह बढ्ने योग छ । आरोग्यबल बढ्नेछ ।

कर्कट – रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । अध्ययन–अध्यापनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बोलीको प्रभावका साथै कार्यसम्पादनको क्षमता बढ्नेछ । अनावश्यक विवादमा परिने योग छ, सावधानी अपनाउनु हितकर होला । सामर्थ्य वृद्धि हुनाले आयबल बढ्नेछ ।

सिंह – आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउला । तर, भेटघाटको अलमलले नोक्सान गर्न पनि सक्छ । बुद्धि-विवेकको सही प्रयोगले प्रतिस्पर्धी परास्त हुनेछन् । साथीभाइको साथ मिल्नेछ । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

कन्या – व्यक्तिगत फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । होसियारीसाथ काम लिनुपर्ने समय छ । विवेकका साथ प्रयत्न गर्दा सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट विशेष लाभ मिल्ने देखिन्छ । मेहनतले कीर्ति दिलाउनेछ । उन्नति पदोन्नति हुनेछ । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ ।

तुला – पारिवारिक सुख शान्ति बढ्नुको साथै नियमित कार्यमा सफलतमा मिल्ने समय छ । पारिवारिक भेटघाट हुनसक्छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्नुका साथै ठूलै फाइदाको आश्वासन पनि पाइएला । विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । सन्तानसुख मिल्नेछ । आजको दिन सबल स्वास्थ्यको लागि मसलाजन्य खानाबाट सावधान रहनुहोला ।

वृश्चिक – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । तर, नियमित कार्यमा ब्यवधान आइपर्न सक्छ । बाध्यतामा अल्मलिनुपर्दा चिताएको काम रोकिने सम्भावना छ । काम बिग्रने डरले सताइरहला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर उच्च आत्मविश्वासले समस्याको समाधान दिलाउने देखिन्छ ।

धनु – दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । अनुकूलता वृद्धि भएपनि हिम्मत गर्न नसक्दा योजना कार्यान्वयनमा केही पछि परिएला । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । स्वादिष्ट भोजनमा मन रमाउनेछ । यात्रा शुभ रहला । आमोदप्रमोदमा रम्ने योग छ ।

मकर – सोचेको काम सफलतापूर्वक सम्पन्न हुने दिन छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । तथापि, अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । नजिकका साथीभाइ टाढिनाले परिस्थिति प्रतिकूल रहन सक्छ, ध्यान राख्नुहोला । ब्यस्तताका साथै जोखिम बढ्नेछ । आफन्तजनको साथले पारिवारिक समस्याको समाधान मिल्नेछ ।

कुम्भ – मेहनतले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साहस वृद्धि हुनेछ, प्रेमभाव बढ्नेछ । विपरीतलिंगीको साथ-सहयोग रहला । धनलाभको योग छ । रमाइलो यात्रा हुनसक्छ, यात्रागत कार्यबाट लाभ मिल्ने देखिन्छ । आमाको माध्यमबाट काम बन्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ । समग्रमा दिन रमाइलैसँग बित्नेछ ।

मीन – केही चुनौती वृद्धि हुने समय छ । ब्यस्तता बढ्ला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । दौडधुप बढेपनि कार्यसफलताका कारण मन प्रशन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । खर्चवृद्धिको सम्भावना छ, फजुल खर्च रोक्न विशेष प्रयत्न गर्नु हितकर हुनेछ ।