मन्त्रिपरिषद् बिस्तार गरिने, चार मन्त्रीले आज शपथ लिँदै

मन्त्रिपरिषद् बिस्तार गरिने, चार मन्त्रीले आज शपथ लिँदै


प्रधानमन्त्री सुशीला कार्कीले आज (९ कात्तिक) मन्त्रिपरिषद् बिस्तार गर्नुहुने भएको छ । मौजुदा मन्त्रिपरिषदमा चार जना नयाँ मन्त्री थपिने भएका छन् । प्रधानमन्त्री कार्कीले राष्ट्रपतिसमक्ष नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गर्नुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएअनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् । मन्त्रीमा सिफारिस भएकाहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको जनाइएको छ ।