पहिलोपटक मन्त्रिपरिषद बिस्तार गर्दा मन्त्रिमा सिफारिस गरिएकी संगीता मिश्रको नाम विवादित बनेपछि उनको नाम कटौती गर्न बाध्य भएकी प्रधानमन्त्री सुशीला कार्कीमाथि पुनः उस्तै नियति दोहोरिएको छ । करिव डेढ महिनापछि दोस्रोपटक मन्त्रिपरिषद बिस्तार गर्नलाग्दा खगेन्द्र सुनारबारे ब्यापक आलोचनायुक्त चर्चा चलेपछि सुनारको नाम कटौती गर्न प्रधानमन्त्री कार्की बाध्य भएकी छन् ।
उनले आज गर्ने मन्त्रिपरिषद बिस्तारमा दलित अभियन्ता भनेर चिनिने सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस गरेकी थिइन् । अन्ततः सुनारको नाम मन्त्री बन्ने सूचीबाट काटिएको छ । सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा समेत रहेको पाइएको छ ।
बालुवाटार स्रोतका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ । कारण भने बताइएको छैन ।
प्रतिक्रिया