गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणमा परेर घाइते भएका नेपाली कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर प्रस्थान गरेका छन् । गएराति सिंगापुर एयरलाइन्सको जहाजमार्फत सिंगापुर प्रस्थान गरेका देउवा दम्पत्ति हालसम्म पनि घाइते अवस्थामै रहेका र थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका देउवानिकट श्रोतले जनाएको छ ।
देउवा दम्पतीले आफूहरूको यात्राबारे पार्टीलाई भने औपचारिक रूपमा जानकारी गराएका छैनन् ।
ज्ञातव्य छ, जेनजी प्रदर्शनका क्रममा देउवा दम्पतिमाथि कुटपिट गरिएको थियो र त्यसबाट उनीहरु गम्भीर घाइते भएका थिए ।
प्रतिक्रिया