लन्डन । हिजाे हान्स्लाेस्थित सिभिक सेन्टरमा लर्ड बुद्ध चिल्ड्रेन हेल्थ फाउन्डेसन यूकेकाे अायाेजनामा एक च्यारिटि डिनर नाइटकाे सम्पन्न भएकाे छ । लगभग साढे तीन सय मानिसहरूकाे सहभागिता रहेकाे साे साँझमा हान्स्लाे बाेराेह अफ काउन्सिलकाे विशेष सपाेर्ट रहेकाे थियाे । हेल्प नेपाल नेटवर्ककाे संलग्नतामा अायाेजित साे कार्यक्रम साँझकाे ६ बजे शुरू भएकाे थियाे । नेपाली राष्ट्रिय गानबाट शुरू गरेर कार्यक्रममा नेपालमा गएकाे भूकम्पमा मृत भएकाहरूमा चीर शान्तिकाे कामका लागि एक मिनेट माैन धारण गरिएकाे थियाे ।
हनिफ खान र लक्ष्मी गुरूङले संयुक्त रूपमा संचालन गरेकाे साे कार्यक्रममा डेपुटी अफ काउन्सिल अमृत मन, हाउन्स्लाे मेयर निसार मलिक, एमपी सीमा मल्हाेत्रा, एमपी रूथ चाैधरी अादिका मन्तव्यहरूपछि काउन्सिलर विष्णु बहादुर गुरूङले एक सशक्त भीडीयाेपछि अन्तिममा मन्तव्य दिएका थिए । सबै वक्ताहरूले प्राकृतिक प्रकाेपले पार्ने जनधनकाे क्षतिका अन्य उदाहरणसहित वर्तमान अवस्थामा नेपालमा परेकाे प्रकाेप र त्यसले पारेकाे विपत्तिकाे बारेमा चर्चा गर्दै सक्दाे दानी भएर चन्दा दान गर्नकाे लागि भनेका थिए । काउन्सिलर गुरूङले ती सबैका सहयाेगहरूकाे मृक्त कन्ठले प्रशंसा गर्दै कार्यक्रमकाे अाैपचारिक विसर्जन गरेका थिए ।
कार्यक्रममा विभिन्न व्यक्तिहरूले गायन तथा नृत्यहरूकाे प्रस्तुती दिएका थिए । नेपाली परम्परागत नृत्यका साथै, नेपाली गीत गायन अनि भारतीय, नाइजेरीयन गीतहरूमा पनि नृत्य गरिएकाे साे कार्यक्रममा नेपाली समुदायका साथ भारतीय, नाइजेरीयनलगायत स्थानीय समुदायका मानिसहरूकाे राम्राे सहभागिता रहेकाे थियाे ।
हिजाेकाे कार्यक्रममा, अायाेजक समूहकी सरस्वती तामाङका अनुसार खानाकाे खर्च कटाएर लगभग चार हजार पाउन्डकाे संकलन भएकाे थियाे ।
Please the image below to view the Videos.
[youtube]https://www.youtube.com/watch?v=v37ZnNeBT5c[/youtube]
[youtube]https://www.youtube.com/watch?v=i7KU6A4MVqs[/youtube]
[youtube]https://www.youtube.com/watch?v=ubr75miWZuo[/youtube]
तस्वीर : नरेन्द्र बस्नेत
प्रतिक्रिया