- विशेष प्रतिनिधि, बेल्जियम
१९अक्टोबर २०२५ मा, NCOBB – ICN( Natural Competition Organisation Bodybuilding) संस्थाको आयोजनामा बेल्जियम भएको च्याम्पियनसिप अन्तर्गत बेल्जियमभरिका बोडी बिल्डरहरूको प्रारम्भिक कम्पोटिशन सम्पन्न भएको छ भने अक्टोबर १९ तारिक बेल्जियममा BIFBB Lidgeld 2025(Belgian Fitness & Bodybuilding Community) को राष्ट्रिय स्तरको अघिल्लो सारीरिक सुगठन प्रतिष्पर्धा सम्पन्न भएको थियो । अप्रिल १९ तारिक भएको ७० किलो भन्दा कमको प्रतिष्पर्धामा तेश्रो भइ नेपाली बोडी बिल्डर पशुपति कँडेलले कास्य मेडल लिन सफल भए भने अक्टोबर २५ तारिकको प्रतिष्पर्धामा उनले ६८ किलो भन्दा कम तौल समुहबाट प्रथम भइ गोल्ड मेडल लिन सफल भएका छन्।
बेल्जियम च्याम्पियनसिप प्राकृतिक एथलीटहरूको १९ तारिकको राष्ट्रिय खुला प्रतियोगिता बेल्जियमको टिनेनमा र दोश्रो राष्ट्रिय प्रदर्शनी बेल्जियमको ओस्टेण्डे शहरमा सम्पन्न भएको थियो । यसरी २०२३को प्रतिष्पर्धामा समेत उनले दुई पटक बेल्जियम च्याम्पियनशिपमा गोल्ड मेडल लिएका यो बर्ष पुन प्रथम भई नेपालको नाम युरोपमा चम्काएउन सफल भएका छन् ।
प्रतियोगितामा जित हासिल गरेपछि बेल्जियमका बडीबिल्डर पशुपति कँडेलले घटना र विचारको युरोप प्रतिनिधिसँगको कुराकानीमा भनेका छन्- ‘एक व्यक्ति जसले कडा ब्यायाममार्फत आफ्नो शरीरका मांसपेसीहरूलाई बलियो बनाउँछ र विकास गर्दछ । त्यसको लागि सर्वप्रथम मानिसले आफ्नो दिनचर्यालाई बदल्न सक्नुपर्छ । तर अचेल मानिसहरूले आफ्नो शारीरिक तन्दुरुस्तीको बारेमा खासै ध्यान दिन्नन्, आफ्नो स्वास्थ्यको विषयलाई बिरामी परेपछि मात्र चासो दिन्छन् र समय घर्केपछि पछुताउँछन् ।’
कँडेल थप्छन्, ‘वास्तवमा सुगठित जीउ बनाउनु सजिलो काम हैन । जिमखानामा केहिबेर पसिना बगाउँदैमा सिक्स प्याक बन्दैन । यसका लागि पर्याप्त, सन्तुलित, पौष्टिक तथा स्वस्थ आहारको नियम पनि पालना गर्नुपर्दछ । स्लिम देखिन दुब्लाउने मानिसहरूलाई उनको सुझाव के छ भने उनीहरूले पहिला आफ्नो शरीर र मनको कुरा सुन्नुपर्छ ।’
शरीर नै आफ्नो पहिचान भएका कारण शरीरलाई आफूले निकै ध्यान दिने कँडेल बताउँछन् । खानामा विशेष रूपले ध्यान दिन आग्रह गर्दै उनले शरीरलाई तन्दुरुस्त एवं फुर्तिलो राख्न डाइटका रूपमा चिल्लोरहित खानेकुरा, फलफूल, चिकेन, बफ, अण्डा, चना, मल्टी भिटामिन, सप्लिमेन्ट्री तथा प्रोटिनयुक्त खाद्यपदार्थलाई प्राथमिकतामा राख्न सबैलाई सुझाव दिएका छन् ।
आफ्नो शरीरलाई व्यवस्थित बनाउन उनी प्रत्येक दिन २ घण्टा जिम गर्छन् भने साइक्लिङ, वाकिङ तथा ट्रेडमिलमा पनि उक्तिकै सक्रिय हुन्छन् ।
केही वर्ष अघिदेखि बडी बिल्डिङ (शारीरिक सुगठन)मा लागेका कँडेल अहिले ३६ वर्षका भए, बडी बिल्डिङमा उनको बिराम लागेको छैन । उनले यति छिटो आफ्नो नाम बेल्जियमको कीर्तिमानीको सूचीमा राख्न सफल भए भन्ने कुरा कतिलाई त विश्वास पनि लाग्दैन होला, त्यो उनको अति कडा मेहनतको फल हो।
स्मरण रहोस,१९९६ मा,’NCOBB vzw.’ (प्राकृतिक शरीर सुगठन संगठन बेल्जियम)को गठन भएको थियो । त्यसपछि यो एक पूर्ण विकसित महासंघमा विकसित भयो जुन राजपत्र (Staatblad)मा आफ्नो इतिहास लेख्न सफल भयो। यो क्रमश अन्तर्राष्ट्रिय प्राकृतिक शरीर सुगठन महासंघ NBBFI(छाता निकाय) र पछि ग्क्ष्द्यद्यल् को सदस्य बन्यो त्यो बेला यसको मुख्यालय फ्रान्समा थियो ।
अन्तर्राष्ट्रिय रूपमा, त्यसबेलादेखि युरोपेली र विश्व च्याम्पियनशिपहरूमा भाग लियो र NCOBB ले १९९७, २००३ र २०१६ मा विश्वकप सफलतापूर्वक आयोजना गर्यो । २०१७ मा, यो संस्थाले धेरै युरोपेली देशहरूसँगै UIBBN छोड्यो। धेरै वर्षसम्म नयाँ अन्तर्राष्ट्रिय साझेदार संस्थाको खोजी पछि, २०२२ मा यो संगठन ICN Worldwide मा सामेल भएको छ।
प्रतिक्रिया