✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धसर्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ कार्तिक १४ गते तद्अनुसार सन् २०२५ अक्टोबर ३१ तारिख शुक्रबार कार्तिक शुक्ल पक्षको दशमी तिथि धनिष्ठा नक्षत्र १४ः५५ शतभिषा नक्षत्र वृद्धि योग तैतिल करण आनन्दादिमा धाता योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१४ मा भयो र सूर्यास्त साँझ १७ः१९ मा हुनेछ ।
आजको राशिफल
मेष – सामाजिक उत्तरदायित्व बहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका जुर्ने देखिन्छ । महत्वपूर्ण काम पूरा नभए पनि आंशिक फाइदा होला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, तर जित तपाईंकै हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । यात्रागत कार्य पनि सार्थक हुने योग छ ।
वृष – बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुने समय छ । अधुरा योजना अघि बढ्नेछन् भने मित्रजनको बलियो साथ मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने योग छ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । मिठो भोजन मिल्नेछ ।
मिथुन – गर्न लागेका महत्वपूर्ण काममा बाधा दिनेहरू सक्रिय हुनसक्ने समय छ, सावधान रहनु उचित होला । अधिकारका लागि केही संघर्ष हुन सक्छ । आजको दिन फजुल खर्च पनि बढ्ने देखिन्छ । निरर्थक यात्राबाट जोगिन विशेष प्रयत्न गर्नु उचित होला । अथक मेहनतले विशेष उपलब्धि दिलाउने योग छ । मित्रमण्डलीका माझ मान मिल्नेछ ।
कर्कट – भाग्यबल बढ्ला । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, तर अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । यात्रागत कार्यबाट लाभ मिल्नेछ । अधुरा योजना पूरा हुने योग छ ।
सिंह – दिन केही चुनौतीयुक्त रहनसक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुने योग छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ, ध्यान दिनुहोला । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनुहोला ।
कन्या – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने समय छ । छरछिमेकमा असमझदारी बढ्ने योग रहेकोले बोली र ब्यवहारमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । नियमित कार्यमा पनि थप होसियारी अपनाउनु उचित होला । आर्थिक अभावले महत्वपूर्ण कार्य रोकिनसक्छ । दाम्पत्य सम्बन्धमा चिसोपन आउने योग छ, ध्यान राख्नुहोला ।
तुला – नियमित कार्यमा चुनौती आइपर्नसक्ने समय छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । काम बिग्रने डरले सताइरहनेछ, तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । । समस्यामा आफन्तजनको साथ मिल्नेछ । यात्रागत कार्य बन्नेछ ।
वृश्चिक – आजको दिन काममा अवरोध आउन सक्छने देखिएपनि प्रवल आत्मविश्वासका कारण समस्याहरू पन्छिनेछन् । आफ्नै प्रयत्नबाट चिताएको काम बन्नाले प्रशन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि गति बढ्ने देखिन्छ । सन्तानपक्षबाट सुख मिल्नेछ । मातृशक्तिको सल्लाह र सहयोगले विशेष फाइदा हुने योग छ ।
धनु – आजको दिन मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ, साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम पनि बुद्धि–विवेकको सही प्रयोगले सार्थक बन्ने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुपर्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर – केही चुनौती बढ्नसक्ने समय छ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । खास जिम्मेवारी प्राप्त भए पनि त्यसलाई सम्हाल्ने क्षमतामा ह्रास आएको महसूस हुनसक्छ । आत्मविश्वास जागृत तुल्याउने प्रयत्न गर्नुहोला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्नसक्छ, ख्याल राख्नुहोला । व्यावसायिक कार्य पनि अधुरै रहने सम्भावना छ ।
कुम्भ – मिश्रित फलदायी दिन छ । नियमित कामको चापबाट मुक्त रही विश्राम मिल्ने देखिन्छ । परिवार एवम् मित्रजनको साथले उत्साह जगाउला । तथापि, सहयोगीहरू पछि हट्नाले महत्वपूर्ण योजना थाती राख्नुपर्ने अवस्था आउला । प्रतिस्पर्धीहरूले सताउन सक्छन्, योजनाहरू गोप्य राख्नुहोला । विवादको योग रहेकोले साथीसंगीसँग सन्तुलित व्यवहार गर्नु हितकर हुनेछ ।
मीन – आजको दिन दिगो फाइदा मिल्ने काममा लगानी गर्ने मौका प्राप्त हुन सक्छ । मेहनतको फल भरपूर प्राप्त हुने देखिन्छ । परिवारजनका आवश्यकता पूरा हुनेछन्, तर शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । स्थायी सम्पत्तिमा पनि विवाद आउनसक्छ । खास मित्रबाट महत्वपूर्ण सहयोग मिल्ने योग छ ।
प्रतिक्रिया