लण्डनमा नेपाली भाषा कक्षा प्रभावकारी बन्दै

लण्डनमा नेपाली भाषा कक्षा प्रभावकारी बन्दै


harltonलण्डन । बेलायतको चार्लटन नेपाली समाजले सञ्चालन गरेको लर्न नेपाली प्रोग्राम [एलएनपी]ले सफलतापूर्वक दुई वर्ष पूरा गरेको छ । बेलायतमा जन्मी हुर्किएका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, संस्कार तथा संस्कृति सिकाउने उदेश्यले सञ्चालित उक्त नेपाली भाषा कक्षामा करीब पचास जना स्थानीय बालबालिकाहरुले ज्ञान आर्जन गरिरहेका छन् ।

बेलायतमा शिक्षा लिइरहेका बालबालीकाहरुको नेपाली भाषा तथा संस्कृतिप्रतिको मोह घटिरहेको अवस्थामा उनीहरुलाई नेपाल र नेपाली परिवेशबारे जानकारी दिन चार्लटन नेपाली समाजको तत्कालीन नेतृत्वले भाषा कक्षा शुरुवात गरेको थियो ।

भाषा कक्षाले दुई बर्ष पूरा गरेको अवसरमा आइतबार साउथ इष्ट लण्डनमा आयोजित एक कार्यक्रमकाबीच सहभागी अभिभावक तथा विद्यार्थीहरुले केक काटेर खुशीयाली मनाएका थिए ।

बिद्यालयमा अंग्रेजी माध्यामबाट शिक्षा लिइरहेका बालबालीकाहरुसंग घरमा निर्धक्कसंग नेपाली भाषामा कुरा गर्न पाउंदा उनीहरुका अभिभावक खुशी दिए । ‘लर्न नेपाली प्रोग्राम’मा सहभागी बिद्यार्थीहरुमा निर्धक्क स्टेजमा गएर बोल्ने तथा नेपाली भाषामा नै कुरा गर्न सक्ने क्षमता बृद्धि भएको छ ।

उक्त कार्यक्रमका संयोजक एवं समाजका पूर्व अध्यक्ष सुरज केसीले यस कक्षाबाट बालबालिकाहरुले धेरै कुराहरु सिक्ने अवसरमा पाएको बताए । उनले यस कार्यक्रमलाई निरन्तरता दिन सबै अभिभाबकहरुको साथ, समर्थन र माया आवश्यक रहेको पनि बताए ।

चाल्र्टन नेपाली समाजका अध्यक्ष रोमनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लर्न नेपाली प्रोग्रामका तत्कालीन संयोजन फत्त थापाले कार्यक्रम शुरुवात गर्दाका कठिनाइ तथा यसको प्रभावकारीबारे जानकारी दिएका थिए ।

कार्यक्रममा स्थानीय व्यवसायी एल एन पाण्डेले प्रवासमा रहेका बालवालिकाहरुलाई नेपाली भाषाको ज्ञान नहुंदा झेल्नुपर्ने समस्या बारे भनाइ राखेका थिए । लर्न नेपाली कार्यक्रमकी एकजना भोलिण्टियर रेणु पाण्डेले वालवालिकाहरुको क्षमता अभिबृद्धिमा यस कार्यक्रमले टेवा पु-याएको बताइन ।

‘लर्न नेपाली कार्यक्रम’ बाट बालबालिकाहरुले के कति शिक्षा हासिल गरेका छन् भन्ने फोनवार्ता नाटकीय ढंगबाट प्रश्तुत गरिएको थियो । कार्यक्रमकी भोलिण्टियर शिक्षिका मञ्जु भण्डारीद्धारा सञ्चालित उक्त कार्यक्रममा बालबालिकाहरुले आफुहरुले जाने भोगेका कुराहरु प्रस्तुत गरेका थिए ।