आजको पञ्चाङ्ग एवम् राशिफल (२१ कात्तिक २०८२ शुक्रबार, ७ नोभेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ कात्तिक २०८२ शुक्रबार, ७ नोभेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ कार्तिक २१ गते तद्अनुसार सन् २०२५ नोभेम्बर ७ तारिख शुक्रबार मार्गशीर्ष कृष्णपक्षको द्वितीया तिथि कृतिका ७ः५पर रोहिणी नक्षत्र वरियान योग वणि करण आनन्दादिमा छत्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१९ मा भयो र सूर्यास्त साँझ १७ः१४ मा हुनेछ ।

आजको राशिफल

मेष – फुर्सदिलो समय रहेकोले पठनपाठनमा मन जाला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रागत कार्यमा विशेष लाभ हुने देखिन्छ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त होला । रसरागको भाव वृद्धि हुनेछ । मित्रजनको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्नेछ । शुभता बढेर रोकिएको काम बन्नेछ ।

वृष – शुभदायी समय छ । अथक परिश्रमले धेरै काम बन्नेछन । भाग्य बलिष्ठ रहेको दिन हुनाले धन आर्जन हुने देखिन्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । मनोरञ्जनमा भुलिने समय छ । व्यापारबाट राम्रै मात्रामा धनलाभ हुनेछ । मित्रवर्गले पनि खुलेर सहयोग गर्नेछन् । आफन्तजन भने केही चिसिन सक्छन् । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्नेछ ।

मिथुन – भविष्यका लागि विशेष काममा जग बसाउने दिन छ । विभिन्न अवसरले पछ्याउनेछन् । वित्तादी लाभ होला । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेमसम्बन्ध बलियो रहनेछ । अधुरा कामहरु बन्ने, अरुको विश्वास आफुतिर रहने र आफन्तजनको उचित सहयोग मिल्ने देखिन्छ । आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट – नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने देखिन्छ । अरुको काम धेरै गर्नुपर्ला । समयको बचत कम हुने दिन छ । नोकरी तथा राजनीतिमा मान–सम्मान पाउने योग छ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

सिंह – दिन केही प्रतिकुल रहनसक्छ, सजग रही व्यवहार गर्नुहोला । हतारको निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । आज आर्थिक संकट पनि आउने देखिन्छ । लेनदेनमा पनि विवाद पर्नसक्छ । घरायसी समस्या आउला । पढाइलेखाइमा ध्यान दिन सकिनेछैन । तर, प्रतिष्पर्धी पछि पर्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । नियमकानूनले साथ दिनाले भएको दायित्व पूरा गर्नुहुनेछ ।

कन्या – व्यस्तता वृद्धि भएपनि लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने समय छ । आकस्मिकतवरले मनोरञ्जनात्मक कार्यक्रमको निम्तोमा सहभागी हुन पाइएला । मनमा हौसला र हर्ष बढ्नेछ । पराक्रम वृद्धिका साथै अधुरा काम बन्ने योग छ । स्वास्थ्य ससबल रहनेछ । पराक्रम बढ्नाले कुनैपनि समस्याको समाधान प्राप्त हुने योग छ ।

तुला – सोचने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ, पैसो लेनदेनका काम पनि होला सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – आजको दिन केही चुनौतीयुक्त रहला । ब्यर्थमा कसैसँग विवाद वा झगडा हुन सक्छ, विेशष सतर्कता अपनाएर मात्र बोली र व्यवहार गर्नुहोला । कतै महत्वपूर्ण यत्रा गर्दैहुनुहुन्छ भने आजको दिन थाती राख्नु उचित हुनेछ । लेनदेनको समस्याले सताउने योग छ । शत्रुपक्ष हाबी हुन सक्छ । ब्यापारमा पनि घाटा बेहोर्नुपर्ला । सानातिना घरायसी काममा समय खर्च हुनेछ । इष्टमित्र भने सहयोगी बनेर देखापर्नेछन् ।

धनु – साहसिक काममा आकर्षण बढेने समय छ, तर काम सफल पार्न मुस्किल पर्ला । निको भएको रोगले पनि पुनः सताउन सक्छ । खर्च बढ्ने, अनावश्यक विवाद निम्तिन सक्ने योग रहेकोले विशेष सजगताको खाँचो छ । आजको दिन पैदलयात्रा गर्दा अनि हातहतियारको प्रयोग गर्दा विशेष सचेत रहनु हितकर होला । महत्वपूर्ण कार्यमा अवरोध पैदा भइ धननाश हुन सक्छ, सावधानी अपनाए क्षतिमा कमी आउनसक्छ ।

मकर – रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । प्रेमसम्बन्ध र दाम्पत्यसुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउनेछ । आयआर्जनको स्रोत समृद्ध बन्ने योग छ । हरेक क्रियाकलापबाट सामान्यतया लाभ हुने देखिन्छ । आरोग्यबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । मनोकूलता बढ्नेछ । रसरागमा आकर्षण रहला ।

कुम्भ – अरुको विश्वास जित्न सजिलै सकिने समय छ । गरेका हरेक कामबाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ । अनौठो समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । सामथ्र्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने तथा नसोचेको सम्मान मिल्ने दिन छ । मित्रजनले प्रशंसा गर्नेछन् । कुरा काटनेहरु पनि प्रशंसक बन्नेछन् । पढाइलेखाइमा सुधार आउनेछ । लेनदेन कार्यमा भने समस्या आउनसक्ने योग छ, सजग रहनुहोला । प्रेमभावका साथै रसरागात्मक क्रियाकलापमा आकर्षण रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम पनि बन्नेछ ।