‘रुन्चे गायक’को ‘बुढाबुढी’ गीत सार्वजनिक

‘रुन्चे गायक’को ‘बुढाबुढी’ गीत सार्वजनिक


आजभन्दा २५ वर्षअघि कमेडी गीत ‘नाइ मलाई त्यही केटी चाहिन्छ..’ गाएर चर्चामा आएका प्रकाश पौडेलको ‘बुढाबुढी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल युट्यूब च्यानलमार्फत सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । पछिल्लो समय ज्योतिषीको समेत परिचय बनाउनुभएका पौडेलले लामो समयपछि गीत गाएका हुन् । उनको अन्य कमेडी गीतहरु कसैलाई नभन्नु ल, डाक्टर साब भिटामिन लेख्दिनु न, तितेपाती तितेपाती झ्याप झ्याप जस्ता स्रोतामाझ लोकप्रिय छन् ।

‘बुढाबुढी’ गीतको निर्देशन सञ्चारकर्मी सुब्रत आचार्यले गरेका हुन् । म्युजिक भिडियोमा मोडल साक्षी लम्साल र कमल सिंहका साथमा गायक प्रकाश पौडेल, सानु सत्याल, कुमार लम्साल, सुधिर सापकोटा लगायतले अभिनय गरेका छन् ।