छैठौं गोर्खा भीसी कप रिडिंगको पोल्टामा

छैठौं गोर्खा भीसी कप रिडिंगको पोल्टामा


Recently-Updated16-283x400लन्डन, हरेक बर्ष बेलायतमा हुँदै आइरहेको छैठौं गोर्खा भीसी कप फुटबल २०१५ यस वर्ष पनि यही १३ जुन शनिबारका दिन एकमात्र जीवित भीसी रामबहादुर लिम्बूको प्रमुख आतिथ्यमा फेल्थाम कम्यूनिटी कलेजमा सम्पन्न भएकोछ ।

गोर्खा नेपलीज कम्यूनिटी लन्डन बरो अफ हंस्लोको आयोजनामा भएको उक्त कार्यक्रममा बेलायतमा रहेका विभिन्न संस्थाहरुको उपस्थिति रहेको थियो । गोर्खालीहरुद्वारा पाइपर धुन बजाउनुका साथै समानित योद्दा तथा युद्दमा वीरगति प्राप्त गर्ने गोर्खालीहरुप्रति पनि सम्मान गरिएको थियो । सो अवसरमा स्थानीय एमपी सीमा मलहोत्रा, काउन्सिलर बिष्णु गुरुङ, गोर्खा नेप्लिज समाजका अध्यक्ष राम पोमुलगायत संस्थाका पदाधिकारीहरु, फुटबल खेलाडी लगायतका विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सहभागी टिमहरुबीच भएको उक्त फुटबल प्रतियोगितालाई मेन टिम, भ्याटरन टिम र सुपर भ्याटरन गरी ३ श्रेणीमा बिभाजन गरिएको थियो । उक्त खेलको नतिजाअनुसार मेन टिमतर्फ रिडिंग युनिटी फुटबल क्लब बिजयी भएको थियो भने रनर अपमा तोंग्वा फुटबल क्लब परेको थियो । त्यस्तै भ्याटरन टिमतर्फ केन्ट फुटबल टिम बिजयी भएको थियो भने रनर अपमा बीबीसी ब्याइज रहेको थियो र सुपर भ्याटरन तर्फ इन्टेक ८९ बिजयी भएको थियो । रनर अपमा धरान समाज यूके परेको थियो भने रिडिंग युनिटी फुटबल क्लब र तोंग्वा फुटबल क्लब बीचमा फाइनलको लागि प्रतिस्पर्धा भएकोमा रिडिंग युनिटी फुटबल क्लबले विजय हात पार्न सफल भएको थियो ।