लण्डन । वीजीजे ग्रुप अर्थात् वीरेन खड्का, गणेश गुरूङ र जीवन अधिकारी समूहले कबाेल गरिएअनुसार, हिजाे एक पत्रकार भेला गरी भूकम्प पीडितहरूका लागि विभिन्न माध्यममार्फत अार्थिक सहयाेग हस्तान्तरण गरेकाे छ । नेपालबाट नेपाली कलाकारहरू ल्यार्इ यूकेका विभिन्न स्थानहरूमा मनाेरन्जनात्मक साँस्कृतिक कार्यक्रम गर्ने वीजीजे ग्रुपले गत महिना नेपाली नयाँ सालकाे सन्दर्भ पारी नेपाली प्रख्यात गायक, गायिका र चलचित्र नायिका क्रमशः शिव परियार, अन्जु पन्त र प्रियन्का कार्की ल्याएकाे थियाे ।
नेपालमा भूकम्पकाे महामारी जानुअघि तय गरिएकाे कार्यक्रम भएकाेले स्थगित गर्न वा सारिहाल्न मिल्ने अवस्था गुज्रिएकाेले साे कलाकारका टाेलीहरूलार्इ यूकेमा झिकाइएकाे थियाे । यूकेका विभिन्न शहरहरूमा अायाेजना गरिएकाे साे कार्यक्रमहरूबाट उठेकाे रूकमबाट अायाेजकले खर्च कटाएर मुनाफालार्इ भूकम्प पीडितहरूलार्इ दिने भन्ने कबाेल वीजीजे ग्रुपबाट गरिएकाे थियाे । अल्डरसटकाे नीरमाया राेधी घरमा गरिएकाे हिजाेकाे पत्रकार भेलामा वीजीजे ग्रुपले यूकेकाे तीन स्थानमा उठेकाे सम्पूर्ण रकमहरूमा अझै थप गरी भूकम्प पीडितहरूका लागि अार्थिक सहयाेग गरेकाे छ ।
गैरअावासीय नेपाली संघकाे केन्द्रीय सदस्य तथा नेपाल ब्रिटेन उद्धार तथा राहत काेष समितिका सदस्य कूल अाचार्यकाे प्रमुख अातिथ्य तथा व्यावसायी पुरन गिरीकाे विशेष अातिथ्य रहेकाे पत्रकार भेलामा, वीजीजे ग्रुपले मह संचारकाे च्यारिटिलार्इ नेरू. पचास हजार, भूकम्प पीडित पत्रकारकाे लागि नेरू. पचास हजार, क्याप्टेन विजय लामाकाे च्यारिटि न्यानाेपनलार्इ नेरू. ७५ हजार, सामाखुशी क्लबलार्इ नेरू. ७५ हजार, बेलायतका लागि नेपाली दूतावासमार्फत प्रधानमन्त्री राहत काेषमा नेरू. पचास हजार र गाेर्खा जिल्लाकाे छाेप्राक गाविसकाे लागि नेरू. एक लाखकाे अार्थिक सहयाेग गरेकाे छ ।
नेपाल व्रिटेन उद्धार तथा राहत काेषका लागि साे काेषका समिति सदस्य तथा पत्रकार भेलाका प्रमुख अतिथि कूल अाचार्यले र भूकम्प पीडित पत्रकारहरूकाे राहतकाे लागि नेपाल पत्रकार महासंघ बेलायत शाखाका निवर्तमान र वर्तमान अध्यक्ष नवीन पाेखरेल र चिरन शर्माले संयुक्त रूपमा वीजीजे ग्रुपबाट नगद बुझेर लिएका थिए ।
नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्माले सन्चालन गरेकाे साे कार्यक्रममा बेलायतस्थित नेपाली पत्रकारहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

तस्वीर श्राेत : मिलन तमू
[youtube]https://www.youtube.com/watch?v=cqgzgTuujV8[/youtube]
प्रतिक्रिया