✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धसर्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ मार्गशीर्ष ११ गते तद्अनुसार सन् २०२५ नोभेम्बर २७ तारिख बिहीबार मार्गशीर्ष शुक्ल पक्षको सप्तमी तिथि धनिष्ठा नक्षत्र ध्रुव योग गर करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा मकर राशिमा १०ः३४ बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३५ मा भयो र सूर्यास्त साँझ १७ः७ मा हुनेछ ।
आजको राशिफल
मेष – सुखदुःखमा साथ दिनेहरू भेटिने छन् । मेहनत गर्दा राम्रैसँग धन आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ने देखिन्छ । कामको चापबाट फुर्सद मिलेको अनुभूति होला । साथीभाइको साथ मिल्नाले पराक्रम बढ्नेछ । आरोग्यता रहला । साहसिक काममा मन जानेछ । बोलीको प्रभाव वृद्धि हुनेछ भने सन्तानपक्षबाट विशेष सुखको अनुभूति होला ।
वृष – दिगो योजना प्रारम्भ हुन सक्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । साझेदारीका काममा फाइदा होला । तथापि, अरूका काममा ज्यादा समय बित्न सक्छ । ब्यक्तिगत उपलब्धि प्राप्त गर्न विशेष मिहिनेत गर्नुपर्नेछ । आरोग्यता रहनेछ । सुख–सुविधाको वस्तुमा खर्च होला । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।
मिथुन – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन मुस्किल पर्ने देखिन्छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सजगता अपनाउनु हितकर होला । दीर्घकालीन रूपमा फाइदा हुने योजनाबारे सोचिरहनुभएको थियो भने अघि बढ्न सकिनेछ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्ने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला ।
कर्कट – भाग्यबल बढ्नेछ । नयाँ कामको प्रस्ताव आउनुका साथै सहयोगीहरू प्रशस्तै भेटिन सक्छन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । धन आर्जनको योग छ । रुचिका विषयमा लगानी बढाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै उपलब्धि होला । इर्ष्यालुजनबाट सजग रहनुहोला । सुख-सुविधाको बस्तुमा खर्च वृद्धि हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।
सिंह – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सामाजिक कार्य तथा परोपकारमा मन जानेछ । स्वास्थ्य भने केही कमजोर रहनसक्छ, ध्यान दिनुहोला ।
कन्या – अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्ने समय छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । तथापि, कर्मबल बढ्नेछ । सुख विलासको भाव पैदा हुनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । आफन्तको साथ मिल्नेछ ।
तुला – बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने तथा बोलीको भरमा काम सम्पादन हुनसक्ने समय छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुने योग छ । तथापि, बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, ध्यान राख्नुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर हुनेछ । सामाजिक क्रियाकलापमा आकर्षषण रहनेछ ।
वृश्चिक – शुभदायी समय छ । सहयोगीहरूले साथ दिनेछन् भने व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । तपाईंबाट भए/गरेका कामबाट धेरैलाई फाइदा पुग्ने देखिन्छ । व्यापारमा आँटेका योजना तत्काल सम्पादन हुनेछन् र राम्रै फाइदा हुने योग छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर जुर्ला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
धनु – विगतका कमजोरी सुधार्दै फाइदा उठाउन सकिने समय छ, तर इमानदार प्रयास अपरिहार्य छ । आजको दिन अनावश्यक भ्रमण हुन सक्छ, सकभर यात्रागत कार्य टार्नु उचित हुनेछ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । नियमित कार्यमा सहयोगीहरूले उत्साह जगाउनेछन् । साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । सभा–समारोहमा मान मिल्नेछ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने योग छ ।
मकर – थोरै प्राप्तिका लागि पनि धेरै मिहिनेत गर्नुपर्ने समय छ । ठूलो प्रयत्नका बाबजुद उपलब्धि हात पार्न मुस्किल पर्ला । आफ्नै कमजोरीले विवादमा परिने योग छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । पारिवारिक एवम् व्यावसायिक काममा खर्च बढ्नेछ । प्रतिस्पर्धीलाई भने पछि पार्न सकिनेछ । सन्तानपक्षबाट सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
कुम्भ – मिश्रित फलदायी समय छ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । तर, लेनदेनमा विवाद हुनसक्ने र विगतका समस्या बल्झिने सम्भावना छ, सजग रहनुहोला । सानातिना काम वा घरेलु समस्यामा अल्झनुपर्ने योग छ । रोकिएका काम कठोर प्रयत्नले बन्नेछ । परिवारजनको साथले उत्साह जागाउनेछ । आरोग्यबल बढ्नेछ ।
मीन – लाभका काम प्रारम्भ गर्न सकिने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नेछ भने कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । स्वास्थ्यगत दृष्टिले आफू कमजोर भएको अनुभूति हुनसक्छ । खानपान र आराममा ख्याल राख्नु हितकर होला ।
प्रतिक्रिया