वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात


चालु आर्थिक वर्षको प्रथम चार महिनामा वीरगञ्ज नाका हुँदै रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् ।

गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।