✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं.२०८२ मार्गशीर्ष १३ गते तद्अनुसार सन् २०२५ नोभेम्बर २९ तारिक शनिबार मार्गशीर्ष शुक्ल नवमी तिथि पूर्वाभाद्रपद नक्षत्र बज्र योग तैतिल करण आनन्दादिमा कालदण्ड योग चन्द्रमा कुम्भ राशिमा १६ः१४ बजेसम्म त्यसपछि मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३७ मा र सूर्यास्त साँझ १७ः६ बजे हुनेछ ।
आजको राशिफल
मेष – ब्यस्तता बढेपनि मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ । आश मारेको काम पनि अथक प्रयासमा बनेर मन प्रशन्न रहला । आफन्तजनको साथ-सहयोग प्राप्त होला । हितैषी मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ । दौडधुप बढेपनि परिणाम सकारात्मक र सन्तोषदायी नै रहनेछ । स्वास्थ्य सबल रहनेछ । मिठो भोजन प्राप्त होला । साहसिक कार्यमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ने देखिन्छ ।
वृष – शुभदायी, सुखदायी समय छ । आम्दानीका बाटाहरू खुल्नेछन् भने ब्यापार-ब्यवसायमा राम्रै उपलब्धि हातपर्ने देखिन्छ । आवश्यक तथा उपलब्धीमूलक रमाइलो यात्राको योग छ । सकारात्मक तथा व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापारबाट विशेष लाभ मिल्ला । स्वास्थ्य पनि सबल रहनेछ । पढाइलेखाइमा प्रगति होला । दाम्पत्यसुख बढ्नेछ । रोकिएको काम मिहेनतले पूरा हुनेछ । मिष्ठान्न भोजन प्राप्तिका साथै सुख बढ्नेछ ।
मिथुन – मिश्रित फलदायी समय छ । ब्यस्तता बढ्नेछ तर कामका परिणाम सुखदायी नरहन सक्छन् । समयमा निर्णय नहुँदा महत्वपूर्ण काममा अवरोध आउने सम्भावना छ । स्वास्थ्य पनि केही कमजोर रहेको अनुभूति होला । चोटपटकको भय रहेकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ । आजको दिन हातहतियार आदिको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । चुनौतीका बाबजुद गीतसंगीत एवम् रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कर्कट – नियमित कार्यमा जाँगर वृद्धिका साथै आर्थिक उपार्जनको समय छ । नयाँ कामको योजना बनाएर अघि बढ्नु दीर्घकालिक हितको विषय बन्न सक्छ । आजको दिन सन्तानपक्षबाट सुखको अनुभुति होला । ब्यापार–ब्यवसायबाट राम्रै लाभ मिल्ने देखिन्छ । मित्र एवम् आफन्तजनको सहयोगले विशेष सफलता मिल्ने योग छ । आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
सिंह – अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि होला । समाजसेवा र राजनीतिमा वर्चश्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । नियमित कार्यमा भने खासै जाँगर नचल्ने देखिन्छ । निकटजनको कमजोरीका कारण काममा झमेलाको सामना गर्नुपर्ने योग छ, सजग रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ ।
कन्या – नियमित कार्यमा अनुकुलता र जाँगर वृद्धि हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउला । दाम्पत्यजीवन सुखमय रहनेछ भने परोपकार र धार्मिक क्षेत्रमा विशेष आकर्षण रहला । कृषिसम्बन्धी कार्यबाट फाइदा लिन सकिनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्तिको योग छ । मिठो भोजन प्राप्त होला । आरोग्यबल बढ्नेछ ।
तुला – आर्थिक दृष्टिले शुभदायी समय छ । आत्मियजनबाट विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुने देखिन्छ । कतै आकस्मिक निम्तोमा सहभागी हुने योग छ । अनुकूलता वृद्धि हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनाले प्रायः सबै कामहरू बन्नेछन् । आमोदप्रमोदका अवसर जुर्नेछन् । सबल स्वस्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर होला ।
वृश्चिक – केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने दिन छ । नियमित कार्यमा पनि अलमल वा ढिलासुस्ती हुन सक्छ । खानपानको गडबडीले स्वास्थ्य कमजोर रहनसक्ने सम्भावना छ, विशेष ध्यान रदिनुहोला । यात्रागत कार्य गर्दै हुनुहुन्छ भने आजका लागि थाती राख्नुहोला, जबर्जस्ती गर्दा असफलता हातलाग्न सक्छ । खर्च केही बढ्नेछ । बौद्धिकतासँग सम्बन्धित कार्यमा आंशिक सफलताको सम्भावना छ । परिवारजनले साथ दिनेछन् ।
धनु – धन आर्जनका माध्यमहरू फेलापर्ने र सोचेअनुसार काममा सफलता मिल्ने समय छ । पुराना मित्रजनसँग भेटघाट हुने योग छ, भेटले मन रमाउला । आज अनौठो तरिकाबाट धनलाभ हुनसक्ने देखिन्छ । परिवारका सदस्यहरूबाट सुख प्राप्त हुनेछ । आयआर्जन वृद्धि एवम् मिठो भोजन प्राप्त होला । विशेष कार्यमा साथीभाइको सहयोग प्राप्त हुनेछ । खेलकुद, भ्रमण एवम् रसरागमा आकर्षण बढ्नेछ ।
मकर – नियमित कार्यमा जाँगर बढ्ने, पराक्रम वृद्धिका साथै बुद्धि–विवेकको सही प्रयोग भइ चिताएका काममा सफलता मिल्ने समय छ । व्यापारिक/व्यवसायिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । परिवारजनका आकाङ्क्षा पूरा गर्न सकिनेछ । महत्वपूर्ण कार्यमा कसैबाट साथ-समर्थन एवम् धनप्राप्तिको योग छ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कुम्भ – कर्मबल वृद्धि हुनुका साथै नियमित कार्यमा जाँगर बढ्ने समय छ । अनौठो तरिकाबाट धनलाभ हुने योग छ । यात्रागत कार्य मनोरञ्जनात्मक हुनुका साथै फलदायी रहला । परिवारमा खुशीको माहोल रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । विपरीतलिंगीको सहयोगले महत्वपूर्ण कार्य बन्ने देखिन्छ । स्वास्थ्य सबल रहनेछ । अध्ययन–अध्यापनमा प्रगति होला ।
मीन – नियमित कार्यमा चुनौती केही बढ्नसक्ने दिन छ । भौतिक सरसामनको क्षति हुने सम्भावना छ, सजग रहनुहोला । सबल स्वास्थ्यका लागि आहारविहारमा ध्यान दिनुहोला । खर्च केही बढ्नसक्छ । फजुल खर्च नियन्त्रणको प्रयास गर्नु उचित होला । भौतिक साधनको क्षति हुने योग छ, अत्यन्त सावधान रही खतरा टार्न सकिनेछ । चुनौतीका बाबजुद पारिवारिक समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया