आजको पञ्चाङ्ग एवम् राशिफल (१४ मङ्सिर २०८२ आइतबार, ३० नोभेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ मङ्सिर २०८२ आइतबार, ३० नोभेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ मार्गशीर्ष १४ गते तद्अनुसार सन् २०२५ नोभेम्बर ३० तारिक रबिबार मार्गशीर्ष शुक्ल दशमी तिथि उत्तराभाद्रपद नक्षत्र सिद्धि योग वणि करण आनन्दादिमा सुस्थिर योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३७ मा र सूर्यास्त साँझ १७ः६ बजे हुनेछ । कीर्तिपुरमा इन्द्रायणी यात्रा ।

आजको राशिफल

मेष – आजको दिन उत्साहवर्द्ध रहला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्ला । व्यवहारले नयाँ ज्ञान दिलाउन सक्छ । श्रमको उचित मूल्यांकन हुनुका साथै पढाइलेखाइमा मन जानेछ । खर्च केही बढेपनि रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । आरोग्यता र प्रेमभाव वृद्धि हुनेछ ।

वृष – मन लगाएर प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय छ । कीर्तिमानी काम गर्न सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ । व्यापारमा पनि राम्रै फाइदा हुने योग छ । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर हुनेछ । आरोग्यबल वृद्धि हुनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । बौद्धिकता र रचनात्मकता बढ्नुका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मिथुन – आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषयमा अनावश्यक चासो लिँदा झमेला आइपर्न सक्छ, ध्यान राख्नुहोला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको डाह गर्नेहरूले काममा अवरोध गर्न सक्छन् । प्रतिकुलताका बाबजुद यात्रागत कार्य सार्थक रहनेछ ।

कर्कट – अनुकूलता वृद्धि हुने र रोकिएको काममा सफलता मिल्ने देखिन्छ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । विशेष योजनामा मित्रजनको सहयोग प्राप्त होला । आयआर्जनका स्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । साझेदारीमा पनि राम्रै फाइदा होला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

सिंह – शुभदायी दिन छ । विभिन्न अवसरले पछ्याउनेछन् सुखद समाचारले उल्लास बढाउला । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । मित्रजन, सन्तान वा अनुयायी अनि मातृशक्तिको सल्लाह–सहयोगले विशेष फाइदा हुनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुने देखिन्छ । व्यवसायमा लाग्नेहरूलाई लाभको बेला छ ।

कन्या – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ भने अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । साझेदारीको काममा आंशिक सफलता मिल्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने देखिन्छ । प्रतिकुलताका बाबजुद साहसमा कमी नहोला ।

तुला – उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने दिन छ । अरूका काममा ज्यादा समय बित्ने देखिन्छ । महत्वपूर्ण काम अधुरो रहनाले मन खिन्न रहन सक्छ । स्वास्थ्यगत समस्याले पनि केही सताउला, खानपानमा विशेष सजगता अपनाउनुहोला । अनावश्यक भ्रमणबाट जोगिनु हितकर होला । गीतसंगीत र खेलकुदका क्रियाकलापमा आकर्षण रहनेछ ।

वृश्चिक – भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । विभिन्न सहयोग र उपहार प्राप्त हुने सम्भावना छ । भौतिक साधन जुट्नुका साथै आयआर्जनको स्रोत वृद्धि होला । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ ।

धनु – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय रहेकोले विशेष योजना थाती राखेर नियमित कर्ममा ध्यान लगाउनु उचित होला । चोरी वा ठगीमा परिने सम्भावना छ, सजगता अपनाउनुहोला । आर्थिक कारोबार गर्दा निकै नै सचेत रहनुपर्नेछ । अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । साझेदारीमा जोखिम बढेपनि शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर – आजको दिन सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्न सक्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवादको योग छ । आर्थिक व्यवहारमा सजग रहनु उचित हुनेछ । विगतका समस्या बल्झिन सक्नेतर्फ सचेत रहनुहोला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।

कुम्भ – रोकिएका काम बन्नाले उत्साह जागृत हुने दिन छ । दाम, इनाम र प्रतिष्ठा आर्जन गरी आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिएला । सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । साथीभाइको विशेष सहयोग प्राप्त हुने देखिन्छ ।

मीन – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने योग छ । प्रतिस्पर्धामा विजयी भइनेछ भने रमाइलो यात्राको सम्भावना छ । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण रहनेछ ।