आजको पञ्चाङ्ग एवम् राशिफल (१५ मङ्सिर २०८२ सोमबार, १ डिसेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ मङ्सिर २०८२ सोमबार, १ डिसेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ मार्गशीर्ष १५ गते तद्अनुसार सन् २०२५ दिसेम्बर १ तारिक सोमबार मार्गशीर्ष शुक्ल पक्षको एकादशी तिथि रेवती नक्षत्र व्यतीपात योग बव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३८ बजे र सूर्यास्त साँझ १७ः६ मा हुनेछ । मोक्षदा एकादशी व्रत, गीताजयन्ती ।

आजको राशिफल

मेष – नियमित दैनिकीमा परिवर्तन नआएपनि मित्रजनसँगको भेट र आर्थिक उन्नतिका लागि गरिएको छलफलले उत्साह जगाउने समय छ । साहसिक कर्ममा विशेष आकर्षण रहला । प्रेमभाव बढ्नेछ भने सन्तान पक्षबाट सुख प्रािप्त हुनेछ । स्वास्थ्य सामान्य रहनेछ । कुनै नयाँ योजनाबारे सोचिरहनुभएको छ भने त्यसले कार्यान्वयनको चरणमा प्रवेश पाउने याोग छ ।

वृष – ब्यस्तता बढेपनि रोकिएका काम अघि बढ्नाले मनमा सन्तुष्टिको भाव रहने समय छ । रोकिएको काम मिहिनेतले अघि बढ्लान् । बौद्धिकता-रचनात्मकताका साथ सामर्थ्य वृद्धि हुनेछ । आरोग्यता रहनेछ । लामो यात्राका लागि अनुकल समय छ । सुख-सुविधाको वस्तु खरिदमा खर्च केही बढ्न सक्छ । योजना र बजेट बनाएर मात्र आर्थिक ब्यवहार गर्नु हितकर हुनेछ ।

मिथुन – पराक्रम वृद्धि भइ रोकिएका कामले गति लिने समय छ । सहयोगको आशा देखाउनेले साथ नदिन सक्छन्, तर आफ्नै प्रयत्नले कामलाई निरन्तरता दिन सकिनेछ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा विशेष आकर्षण रहला । मित्रजनको साथ मिठो भोजन प्राप्त हुने देखिन्छ । सुख बढ्नेछ ।

कर्कट – ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धिको समय छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सहयोगीहरू जुट्नाले जस्तोसुकै जटिल कामबाट पनि फाइदा उठाउन सकिएला । घरखर्चमा केही वृद्धि हुने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । आफन्तजनको साथ–सहयोग प्राप्त हुनेछ ।

सिंह – भाग्य बलवान् रहनाले रोकिएका काममा पुनः प्रयास गर्दा सफलताा मिल्ने दिन छ । तथापि, नाता-सम्बन्ध गाँसेर फाइदा उठाउन खोज्नेहरूले सताउन सक्छन्, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला । मिठो भोजन प्राप्ति र नियमित कार्यमा जाँगर वृद्धि हुनेछ । कुनै पनि प्रकारको शारीरिक तथा आर्थिक विकाससित सम्बन्धित कार्य सर्थक रहने योग छ ।

कन्या – मिश्रित फलदायी समय छ । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । अनावश्यक तर्कले विवाद निम्त्याउन सक्छ, बोली-व्यवहारमा सजग रहनुहोला । हिसाबकिताबमा सावधान नहुँदा आर्थिक विवादमा परिने योग छ । साझेदारीको काम बन्नेछ । सुख विलासमा मन जाला । मिठो भोजन प्राप्त हुनेछ ।

तुला – समय मनोरञ्जनपूर्ण र उत्साहवद्र्धक रहला । वैदेशिक क्षेत्रबाट लाभको मौका जुर्ने देखिन्छ । स्थानान्तरण तथा लामो यात्राको सम्भावना छ । पितृधन समेत लाभ हुने सम्भावना छ । व्यापार-व्यवसायबाट विशेष लाभ लिने प्रयत्न गर्दा मिहेनत खेर जाँदैन । प्रगतिको दर बढ्नाले आनन्द वृद्धि हुनेछ । सुख बढ्नेछ र बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।

वृश्चिक – मिश्रित फलदायी दिन छ । लामो समयदेखि बिछोडिएका मित्रसँग भेटघाट हुनसक्छ । बौद्धिक तथा रचनात्मक कामकाजले तीव्रता लिएपनि नियमित कार्यमा भने खासै उत्साह नरहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । सन्तानपक्षबाट सुखप्राप्तिको योग छ । यात्रापरक काममा आंशिक सफलता मिल्नेछ । आर्थिक विषयको प्रश्नले सताउन सक्छ । धैर्यसाथ समस्याको समाधान खोज्नु उचित हुनेछ ।

धनु – भाग्यबल र शुभता बढ्नेछ । आजको दिन पराक्रम वृद्धिका साथ शत्रुमाथि विजय प्राप्त हुनेछ । रचनात्मकता बढ्नेछ भने विवेकको सही प्रयोगले समस्याको समाधान प्राप्त हुनेछ । सामाजिक कार्यले प्रशंसा र प्रतिष्ठा बढाउल । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ । आर्थिक कार्यमा विशेष सफलता मिल्नेछ । आफन्तको साथले उत्साह वृद्धि गराउला ।

मकर – आजको दिन ब्यस्तता तथा दौडधुप बढ्नेछ । लामो समयदेखि रोकिएका काम मिहेनतले अघि बढ्न सक्छ । काममा मित्रजनको सहयोग प्राप्त हुनेछ । विपरीतलिंगी मित्रबाट विशेष साथ मिलेको अनुभूति होला । मनोकूलता वृद्धिका साथै रसरागमा आकर्षण रहनेछ ।

कुम्भ – कर्मबल वृद्धि र उन्नति-पदोन्नतिको समय छ । नियमित कार्यमा लगाव रहला । आरोग्यबल वृद्धि हुनेछ भने दाम्पत्यसुख रहनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा मिलेको सफलताले उत्साह बढाउनेछ । पारिवारिक सुखशांति बढ्ने योग छ । यात्रागत कार्यलाई भने अजको दिन सकभर थाती राख्नु उचित हुनेछ ।

मीन – आंशिक सफलताको दिन छ । महत्वपूर्ण कार्ययोजना थाती राखेर सानातिना काममा ध्यान लगाउनु उचित होला । मित्रजनबाट हौसला मिल्नेछ तर आर्थिकरूपले आजको दिन खासै सफलतादायी नरहने देखिन्छ । मिठो भोजन प्राप्तिले मन आनन्दित तुल्याउनेछ । स्वास्थ्य सबल रहनेछ ।