✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ मार्गशीर्ष १८ गते तद्अनुसार सन् २०२५ डिसेम्बर४ तारिख गुरूवार मार्गशीर्ष शुक्ल चतुर्दशी तिथि ७ः४५ पर पूर्णिमा तिथि कृतिका नक्षत्र शिव योग भद्रा करण आनन्दादिमा लुम्ब योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४१ मा भयो र सूर्यास्त साँझ १७ः६ मा हुनेछ । धान्य पूर्णिमा ।
आजको राशिफल
मेष – समय खासै राम्रो छैन । पेशागत कार्यमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिने योग रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु हितकर होला । मनमा अनावश्यक डर पैदा हुन सक्छ । आरोग्यता रहनेछ । समस्यामा निकट मित्रजन सहयोगी बनेर देखापर्न सक्छन् । आर्थिक ब्यवहारमा सफलता मिल्नेछ ।
वृष – सामाजिक कामबाट प्रशंसा प्राप्त हुने दिन छ । स्वास्थ्य केही कमजोर रहेपनि नाता–कुटुम्बका काममा सघाउनुपर्ने देखिन्छ । कुनै खास सवालमा मन दुविधाग्रस्त रहला, विवेकको सही प्रयोग गरी ठोस निर्णयमा पुग्ने प्रयास गर्नु हितकर हुनेछ । सामाजिक काममा नाम रहनेछ । ब्यापार तथा जागीरमा दिन ठिकै छ । नयाँ कामको सुरुवात भने खासै राम्रो छैन । आफन्तको साथ मिल्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् ।
मिथुन – सुखद एवम् शुभदायी समय छ । नजिकका मित्रजनबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । खुसीको खबर प्राप्त हुने योग छ । चल-अचल सम्पत्तिको कारोबार हुन सक्छ, जसबाट तपाईंलाई लाभ नै हुने देखिन्छ । वैवाहिक जीवन सुखद रहला । रमाइलो यात्राको सम्भावना छ । खेलकुद एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कर्कट – पराक्रम वृद्धि हुनुका साथै अल्झेका कामहरू मित्रजनको सहयोगमा बन्ने समय छ । परिश्रमअनुसार राम्रै उपलब्धि हुने देखिन्छ । दैनिक एवम् व्यवसायिक कामहरू सन्तोषजनक नै सम्पन्न हुनेछन् । सुखद यात्रा र अप्रत्याशित लाभको योग छ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । आरोग्यबल वृद्धि हुनेछ भने मिष्ठान्न भोजनको आनन्द लिन पाइएला । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला ।
सिंह – आजको दिन खर्च र विवाद बढ्न सक्छ, विरोधीपक्षले सताउन सक्छ, एकदमै सजक रहनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु हितकर हुनेछ । फजुल खर्च घटाउनका लागि आर्थिक व्यवहारमा होस राख्नुहोला । मित्रजनका साथ रमाइलो भ्रमण हुनसक्ने योग छ । बौद्धिक क्रियाकलपमा सकारात्मक सक्रियता बढ्ने योग छ ।
कन्या – प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुने समय छ । रोकिएका काम पनि बन्नाले आर्थिक पक्ष सबल रहला । प्रतिभा देखाएर प्रशंसा हासिल हुने योग छ । मुद्दा–मामिलामा विजयी भइनेछ भने धनलाभ पनि हुने देखिन्छ । आरोग्यबल वृद्धि होला । समग्रमा दिन खुशीसाथ बित्नेछ ।
तुला – आर्थिक क्रियाकलाप तथा आयआर्जनको दृष्टिले शुभदायी समय छ । धनप्राप्तिका साथै मनपरेका पाहुनाको आगमनले मन हर्षित रहला । आफन्तमिलनले सुख दिनेछ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि सम्भावना छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक – हाँसखेल, रमाइलो भ्रमण तथा मनोरञ्जनमा ज्यादा समय बित्ने दिन छ । नियमित कार्य पनि सजिलैसँग निर्वाह हुनेछ । ब्यापारबाट सामान्य नाफा होला । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम पाउने, नसोचेको ठाउँबाट अर्थलाभ हुने देखिन्छ । कृषिकर्मबाट विशेष लाभ हुनेछ । समस्याको समाधान प्राप्त भइ परिवारिक सुख बढ्नेछ । दिन उत्साहपूर्ण रहनेछ ।
धनु – आजको दिन स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानपानमा विशेष सजक रहनुहोला । धनमाल हराएर मनमा पीडा थपिन सक्छ, सजक रहनु उचित हुनेछ । हरेक कार्यमा अरूको भरपर्दा काममा धोका हुन सक्छ । यात्रागत कार्यमा निस्कँदै हुनुहन्छ भने थाती राख्नु उचित हुनेछ । व्यर्थको खर्चबाट जोगिन आर्थिक व्यवहारमा अत्यन्त सजगताको खाँचो छ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
मकर – मिश्रित फलदायी समय छ । नियमित कार्यमा कठिनाइ आइपर्ने र बन्न लागेको काम पनि बिग्रन सक्ने देखिन्छ । आजको दिन रुपैयाँपैसाको लेनदेन नगर्नु हितकर होला । मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । प्रतिकुलताका बाबजुद सामथ्र्य वृद्धि भइ शत्रुपक्ष परास्त हुनेछ ।
कुम्भ – आजको दिन सरल ढंगले कामहरू बन्नाले सुखको अनुभव हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् भने खर्चभन्दा कमाई नै बढी हुने देखिन्छ । पठनपाठन कार्यमा मन जानेछ । सन्तानपक्षबाट खुशीको समाचार सुन्न पाइएला । प्रेमभाव वृद्धिका साथ दाम्पत्यसुख बढ्नेछ । साहसिक काममा विशेष आकर्षण रहला ।
मीन – नियमित काममा जोश र जाँगर बढ्ने समय छ । कामहरू सजिलैसँग बन्नेछन् भने नयाँ कार्ययोजना अघि बढ्न सक्छ । आर्थिक लाभको योग छ । अध्ययन तथा अध्यापन कार्यमा सफलता मिल्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा विशेष आकर्षण रहला । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । कार्यगति बढ्नेछ ।
प्रतिक्रिया