बेलायती सर्जक्हरुको मुक्तक, गजल वाचन

बेलायती सर्जक्हरुको मुक्तक, गजल वाचन


लण्डन ः बेलायतका नेपाली सर्जकहरुले पहिलोचोटी बेलायतमा टिकट किनेर मुक्तक तथा गजल वाचन कार्यक्रमको आयोजना गरिँदैछन् । यसका लागि सर्जकहरु तथा साहित्य अनुरागीहरुको विशेष सहभागी रहने आपेक्षा गरिएको छ ।
logo muktak
देशमा महाभूकम्पले मानविय तथा ऐतिहासिक धरोहरहरुमाथि गरेको महाबिनाशपछिको पुनरुत्थानमा सहयोग गर्ने उद्देश्यले अभिप्रेरित भई बेलायतमा रहेका नेपाली सर्जकहरुद्वारा “समाजका लागि सिर्जना” नाराका साथ महाभूकम्पसंग सम्बन्धित बेजोड गजल, मुक्तक र कविता बाचन गर्ने गरि एक भव्य साहित्यिक कार्यक्रमको आयोजना गरिएकोले निम्न मिती र स्थानमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं
inlslogo
मिती : जुलाई ४, शनिबार
समय: बेलुका ४ देखि ७ बजेसम्म
स्थान: नेपाली राजदूतावासको सभाकक्ष, केन्सिङ्ग्टन प्यालेस गार्डेन, नटिङ्गहिल, लन्डन, टिकट स्वरुप सहयोग : £१० मात्र
आयोजक: अन्तर राष्ट्रिय साहित्य समाज, यू के तथा नेपाल मुक्तक प्रतिष्ठान, यू के
नोट: सिट सिमित रहेकोले यहाँ र यहाँसंग पाल्नुहुनेको जम्मा संख्या यथाशिघ्र उपलब्ध गराईदिनुहुन पनि अनुरोध गरिएको छ Ị

Contact : Dr Rupak Shreshtha – 07411 443561, Mr Sumal Kumar Gurung – 07735 369167, Mrs Lara – 07584 649381, Mr Durga Prasad Pokhrel – 07581 787714