आजको पञ्चाङ्ग एवम् राशिफल (१ पुष २०८२ मंगलबार, १६ डिसेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ पुष २०८२ मंगलबार, १६ डिसेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ पुस १ गते तद्अनुसार सन् २०२५ डिसेम्बर १६ तारिख मंगलबार पौष कृष्णपक्षको द्वादशी तिथि स्वाति नक्षत्र अतिगण्ड योग कौलव करण आनन्दादिमा ध्वज योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४९ मा भयो र सूर्यास्त साँझ १७ः९ बजे हुनेछ । पौष संस्कृति, त्रिपुष्कर योग १५ः३५ बजेदेखि ।

आजको राशिफल

मेष – व्यापार व्यवसायमा विशेष प्रगति हुने समय छ । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिनेछ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आरोग्यबल वृद्धि होला । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । पढाइलेखाइमा सुधार होला । मिठो भोजन प्राप्तिले सुख बढ्नेछ । खेलकुद एवम् भ्रमणमा आकर्षण रहला । गीतसंगीत एवम् रसरागात्मक क्रियाकलापमा मन जानेछ । आरोग्यबल बढ्नेछ ।

वृष – पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आजको दिन विश्वास गरेका पात्रले धोका दिन पनि सक्छन्, होसियार रहनुहोला । रोकिएको काम मिहेनतले बन्नेछ । आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

मिथुन – व्यापार तथा आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुने समय छ । तथापि, आर्थिक अभावले चाहिँ सताउन सक्छ । व्यवसायमा केही उतारचढाव आउला । स्वास्थ्यसम्बन्धी सामान्य समस्या आइपर्न सक्छ, सतर्क रहनु हितकर होला । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता आउला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट – चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर मिल्ने योग छ । नाता–कुटुम्बको विशेष सहयोग रहनेछ । व्यापार–व्यवसाय विस्तार होला । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ हुनेछ । खर्च केही वृद्धि होला, तर काम बन्नेछ । बौद्धिक काममा विशेष सफलता मिल्नेछ ।

सिंह – रोकिएका काम सुरु हुनेछन् भने गरेका कामबाट राम्रै लाभ हुने समय छ । श्रमको उचित मूल्यांकन होला । सन्तान पक्षबाट सुख मिल्ने योग छ । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्य अघि बढ्न सक्छ ।

कन्या – आजको दिन रोजगारीमा बाधा आइपर्नुका साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने सम्भावना छ, सजग रही ब्यवहार गर्नुहोला । तथापि, आफन्तको साथबाट आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । कर्मबल बढ्नेछ । साझेदारीको काम बन्नेछ । सुख–विलासको भाव जागृत होला ।

तुला – धेरै परिश्रम गरेपनि थोरै लाभ मिल्ने समय छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ, तर समाधान भने हुने नै देखिन्छ । घरखर्च केही बढ्नेछ । पति–पत्नीबीच असमझदारी बढ्न सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । आयआर्जनको कमीले वादविवादको सम्भावना छ । धर्मकर्मले काम बन्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक – ब्यस्तता बढ्नुका साथै काममा जोखिम वृद्धि हुने समय छ । स्वास्थ्यगत समस्याले केही सताउन सक्छ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनुहोला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना छ । खर्च पनि बढ्नेछ । बौद्धिक तथा रचनात्मक काममा आंशिक सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

धनु – परोपकार तथा समाजसेवामा विशेष लगाव रहने समय छ । धार्मिक समारोहमा सरिक हुने अवसर जुर्ला । कार्य–ब्यवहार निर्वाहका क्रममा नयाँ शिप तथा ज्ञान प्राप्त हुने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । यात्रा उपलब्धिमूलक बन्नाले काममा उत्साह जाग्नेछ । सन्तानपक्षबाट सुख मिल्नेछ । बौद्धिकताको माध्यमबाट कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ ।

मकर – कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने र नयाँ योजनामा अघि बढ्न सकिने समय छ । परिश्रमको राम्रो मूल्यांकन होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउन सकिनेछ । चिताएको काम बन्ने योग रहेकोले महत्वपूर्ण कामहरू कार्यान्वयनमा लैजानु हितकर हुनेछ । वैदेशिक रोजगारीको काममा भने केही समस्या आउने योग छ । रसरागमा आकर्षण रहला ।

कुम्भ – मिश्रित फलदायी दिन छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आरोग्यबल बढ्नुका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सरिक हुने अवसर जुर्ला । तर, पारिवारिक समस्याहरू देखापर्ने सम्भावना छ । मित्रजनसँग मनमुटावको योग छ । विश्वासमा पारेर धोका दिनेहरू सल्बलाउनेछन्, सजग रहनुहोला ।

मीन – साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । ब्यस्तता वृद्धिका बीच कामको दायित्व बढ्नेछ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जागृत होला । साथीभाइको सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।