हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको त्यहाँको प्रहरीले शुक्रबार जनाएको छ ।
मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार (१९ डिसेम्बर) प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको सूचना पाए पछि सशस्त्र सामरिक अपरेसन अफिसरहरूले सात जनाको समूहलाई पक्राउ गरेको थियो ।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) रेडियोसँग शुक्रबार कुरा गर्दै न्यू साउथ वेल्स (एनएसडब्ल्यू) का प्रहरी उपायुक्त डेभिड हडसनले ती व्यक्तिहरूको चरमपन्थी विचारधारासँग सम्बन्ध रहेको प्रहरीले पत्ता लगाएको बताएका छन् ।
इस्लामिक स्टेट (आइएस)को विचारधाराबाट प्रेरित भएको भन्दै अधिकारीहरूले आइतबार बोन्डी समुन्द्री तटमा यहुदी पर्व हनुक्का मनाउन भेला भएका मानिसहरुको समुहमा गोली हानेपछि एकजना कथित बन्दुकधारीसहित १६ जनाको मृत्यु भएको थियो ।
हडसनले छिमेकी राज्य भिक्टोरियाबाट सिड्नी गएका सात जनाको समूहले बोन्डी तटमा जाने योजना बनाएको सुचना प्रहरीले पाएको बताएका छन् ।
रणनीतिक अधिकारीहरूले कुनै पनि सम्भावित हतियारहरू प्राप्त गर्नुअघि नै ती मानिसहरूलाई पक्राउ गरेको उनले जानकारी दिए ।
प्रतिक्रिया