‘आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो’ : सभापति देउवा

‘आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो’ : सभापति देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज (११ पुस) महाराजगञ्जस्थित निवासमा भएको भेटमा सभापति देउवाले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताएका हुन् ।

साथै सभापति देउवाले स्वतन्त्र एवं निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएको राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले जनाएका छन् ।

photo: rss