नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आइतबार (१२ पुस) बस्ने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बस्न लागेको एमाले सचिव डा. राजन भट्टराईले जानकारी दिएका छन् ।
बैठकमा प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल हुने जानकारी दिँदै उनले भने, ‘समानुपातिक तर्फका उम्मेदवारको नाम छनोट तथा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक डाकिएको छ ।’
बैठक ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।
प्रतिक्रिया