प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी परिचरको आज (१४ पुस) बिहान मृत्य भएको छ ।
काठमाडौंको बुद्धनगर बस्दै आएका उदयपुरका प्रहरी परिचर बलबहादुर थापा मगरको आज विहान मृत्य भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरक्षिक पनकुमार भट्टराईले जानकारी दिए ।
आज बिहान थापाकी श्रीमतीले कोठाभित्र घाँटीमा पासो लागेको अवस्थामा भेटेपछि उद्धार गरी एभरेष्ट अस्पताल पुऱ्याएकी थिइन् । चिकित्सकले तत्कालै थापालाई मृत घोषणा गरेको प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।
उनको मृत्युबारे अनुसन्धान भइरहेको र अन्य आवश्यक प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।
प्रतिक्रिया