भारत प्रस्थान गर्नुअघि प्रचण्डले गरे केपी ओलीसँग भेटघाट

भारत प्रस्थान गर्नुअघि प्रचण्डले गरे केपी ओलीसँग भेटघाट


एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुप्रचण्डबीच भेटघाट भएको छ । ललितपुरमा दुई नेताबीच आज (२० पुस) भएको ‘वान टु वान’ वार्तामा राष्ट्रियसभाको १८ सिटका लागि आगामी माघ ११ गते हुने निर्वाचनको विषयमा केन्द्रित रही छलफल भएको बुझिएको छ ।

राष्ट्रिय सभा निर्वाचनअघि शीर्ष दलका नेताहरूले छलफललाई तीव्रता दिएका छन् । यसै परिवेशमा ओली र प्रचण्डबीच भेटवार्ता भएको सम्वद्ध सुत्रको भनाइ छ ।

यसैबीच प्रचण्डको सचिवालयले जनाएअनुसार नेप्रचण्ड आज भारत जाँदैछन् । नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन प्रचण्ड आज साँझ नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन् । भारत जानुअघि आकस्मिक रुपमा भएको ओली र प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।