जुरीखेतमा सुमो दुर्घटना, ६ जनाको मृत्यु

जुरीखेतमा सुमो दुर्घटना, ६ जनाको मृत्यु


हेटौँडा-काठमाडौं जोड्ने भीमफे-कुलेखानी-काठमाडौं सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित सडकमा आइतबार (२० पुस) साँझ भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको ना१ज १७७८ नंको सुमो गाडी सडकबाट खोल्सामा खसेर दुर्घटना भएको थियो, जसमा घाइते भएका नौ जनामध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन् । मृतकहरूको सनाखत भइनसकेको जनाइएको छ ।

प्रवक्ता बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुऱ्याइएको थियो । तीन जनाको भने हेटौँडा अस्पतालमै उपचार भइरहेको छ ।