भक्तपुरको मध्यपुरथिमि नगरपालिका-६ थिमिमा सोमबार (२१ पुस) आफैंलाई गोली प्रहार गरी ४० वर्षीय सनिप चाम्लिङ राईको मृत्यु भएको छ ।
ब्रिटिस आर्मीबाट अवकासप्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिएका छन् ।
आफ्नो घरको कोठामा राईले राइफलबाट गोली हानेको र गोलीको आवाज सुनेर परिवारले घटनाबारे थाहा पाएपछि खबर गरेको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
symbolic image
प्रतिक्रिया