जाजरकोटमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

जाजरकोटमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु


जाजरकोटको छेडागाड नगरपालिका-८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज (२छ पुस) बिहान दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

छेडागाड-८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका-९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको भएको प्रहरीले जनाएको छ ।

छेडागाड नगरपालिका-९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी, २८ वर्षीय राजु अधिकारीको घटनास्थलमैमृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिएका छन् ।

घाइते हुनेहरुमा छेडागाड-९ का २४ वर्षीय कृष्ण अधिकारी, वडा नम्बर ८ की २० वर्षीया लक्ष्मी खत्री, वडा नं ९ का ३९ वर्षीय बीरबहादुर रोकाय, दैलेख नौमुले गाउँपालिका-६ का २३ वर्षीया शीतला रावत छन् । घाइतेको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।