कांग्रेस विशेष महाधिवेशन : कांग्रेसलाई कुन दिशामा अगाडि लैजाने भन्नेबारे बन्दसत्रमा बृहद् छलफल गरिने

कांग्रेस विशेष महाधिवेशन : कांग्रेसलाई कुन दिशामा अगाडि लैजाने भन्नेबारे बन्दसत्रमा बृहद् छलफल गरिने


नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबार (२८ पुस) बिहान ८ बजेदेखि हुने भएको छ ।

कांग्रेस विशेष महाधिवेशन भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय विभागकी संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बिहान ८ बजेदेखि सुरु हुने बन्दसत्रमा विभिन्न नौ समूह बनाएर छलफल गरिने जानकारी दिएकी छन् । बन्दसत्रका लागि प्रस्तुत कार्यविधिमाथि छलफल गरेर निष्कर्षमा पुगिने उनको भनाइ छ ।

नेतृ गौतमका अनुसार बन्दसत्रमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रममा जनचाहनाअनुसार कांग्रेसलाई कुन दिशामा अगाडि लैजाने भन्नेबारे बृहद् छलफल गरिने छ भने बन्दसत्रको अध्यक्षता पार्टीको ज्येष्ठ सदस्यले गर्नेछन् ।