विदेशमा बस्ने मधेशीहरुको छाता संगठन मधेसी एकता समाजको यूएई शाखाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ । यूएईको फुजैराहस्थित मसाफी क्षेत्रमा हालै आयोजित कार्यक्रममा समाजको यूएई शाखाले नयाँ कार्यसमिति गठन गरेको हो ।
नयाँ कार्यसमितिमा शैलेन्द्र कुमार राय अध्यक्ष, अफरोज हुसैन, मनीष कर्ण, धर्मेन्द्र मण्डल र सन्दीप यादव उपाध्यक्ष, रामपुकार यादव र रामअयोध्या साह सहअध्यक्ष, कृष्णकुमार साह महासचिव, अभिमन्यु यादव कोषाध्यक्ष, विक्रम साह युवा संयोजक र भोला पासवान सांस्कृतिक संयोजकमा चयन भएका छन् ।
समाजको यूएई शाखाका निवर्तमान अध्यक्ष रोशन देवले अध्यक्षता गरेको कार्यक्रममा समाजका अन्तर्राष्ट्रिय समिति अध्यक्ष डा. रविन्द्र कुमार यादव प्रमुख अतिथि थिए । कार्यक्रममा यूएईमा बसोबास गर्दैआएका मधेसी समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा समाजको यूएई शाखाका पूर्व अध्यक्ष धर्मेन्द्र गोहीवर, अन्तर्राष्ट्रिय सल्लाहकार तन्मिर आलम, शहनवाज अख्तर, फैसल हुसैन, लाल सिंह, जिवछ साह, सुनील पुर्बे, अमित शर्मा, तथा समाजको बिजनेस काउन्सिलका अध्यक्ष कवीन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया