मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु


पाल्पाको रिब्दिकोट गाउँपालिका-१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मलामी बोकेको लु१च ६९८५ नम्बरको बोलेरो जिप बुधबार (७ माघ) दुर्घटना हुँदा जोगिथुमका अन्दाजी ३० वर्षीय टीकाराम कुमालको मृत्यु भएको रिब्दीकोट-१ का वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिएका छन् ।

उनका अनुसार गुल्मीको रिडी-खर्ज्याङ सडक खण्डस्थित खोल्टेपानीमा जिप दुर्घटना भएको हो । कुमालको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । गाडी सडकदेखि करिब १० मिटर तल खसेको छ । शव परीक्षणका लागि गुल्मीको तम्घास पठाइएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।