गोरखामा पूर्वप्रधानमन्त्री भट्टराईको उम्मेदवारी फिर्ता

गोरखामा पूर्वप्रधानमन्त्री भट्टराईको उम्मेदवारी फिर्ता


प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।

गोरखा नगरपालिका-८, स्थित निर्वाचन कार्यालयमा आफ्ना प्रतिनिधि नारायण खत्रीमार्फत डा. भट्टराईले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले जानकारी दिए । बाबुरामले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट उम्मेदवारी दिएका थिए ।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा क्षेत्र नं १ का उम्मेदवार गोपालबाबु श्रेष्ठले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । कार्यालयमा प्रस्तावक तथा समर्थकसहित उपस्थित भएर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरुको उम्मेदवारी फिर्ता भएसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नं १ मा अब १२ जना र क्षेत्र नं २ मा १३ जना उम्मेदवार कायम भएको छ ।