मधेस बुझ्न सर्लाही झरेको गगन थापाको तर्क

मधेस बुझ्न सर्लाही झरेको गगन थापाको तर्क


नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताएका छन् । सोमबार (१२ माघ) सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको जिकीर गरे । सिमरा विमानस्थलमा ओर्लेपछि ठाउँ-ठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो ।

मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे आफू जानकार भएको उल्लेख गर्दै उनले भने, ‘अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो, म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।’

काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसदमा धेरै पटक उठाएको उल्लेख गर्दै उनले यसपटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए । एकपटक भए पनि मधेसप्रति समर्पित नभइ, मधेसमा आफू र आफूमा मधेस नल्याइ सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको तर्क उनले गरे ।

photo: rss