दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी

दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी


काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज (१५ माघ) बिहान १०ः१५ बजे आगलागी भएको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताएका छन् ।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिरहेको छ भने आगलागीको कारण भने खुलेको छैन ।