हास्य कलाकारको टोली अमेरिकामा

हास्य कलाकारको टोली अमेरिकामा


  • डालस (टेक्सस), अमेरिका

अमेरिका नेपालका चर्चित हास्यकलाकारहरुको टोली अमेरिकामा रहेका नेपालीहरुलाई हँसाएर मनोरञ्जन प्रदान गर्न अमेरिका आइपुगेको छ । फेम नेपालको तत्वाधानमा ‘हाँस्छ अमेरिका भोलुम-१’ लिएर पाँच जना हास्य कलाकारहरु अमेरिका आइपुगेका हुन् ।

हाल कमेडी क्लब वीथ च्याम्पियन हास्य टिभि शोमा सक्रिय कलाकारहरु भरतमिण पौडेल, सुमन कोइराला, सुमन कार्की, मेक्सम गौडेल र कैशाल कार्की अमेरिका आएका हुन् ।

उनीहरुको टोलीले अमेरिकाको विभिन्न राज्यका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुतिमार्फत नेपालीहरुलाई हसाउने फेम नेपालका संचालक विमल पछाईले जानकारी दिए । सनराइज इन्टरटेइमेन्टसँगको सहकार्यमा अमेरिका टुर अघि बढाइएको जानकारी दिँदै पछाईले विभिन्न शहरहरुमा स्थानीय आयोजकलाई समावेश गरेर कार्यक्रम गर्ने बताए । फ्रेबुअरीको पहिलो साताबाट सुरु हुने कार्यक्रम अमेरिकाका १४ बढि ठाउँमा हुने जनाइएको छ । कतिपय कार्यक्रमको मिति तय भैसकेको र कतिपय तय गर्ने क्रममा रहेकाले थप कार्यक्रम कुन शहरमा कहिले हुँदैछ भन्ने सन्दर्भमा जानकारी गराउँदै जाने पछाईको भनाइ छ।

अमेरिकाको ब्यस्त जीवनमा रहेका नेपालीहरुलाई मनोरञ्जन दिनका लागि कोशेली लिएर टोली आएको फेम नेपालले जानकारी दिएको छ ।