मेक्सिकोमा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिकाबाट भित्रिएको खुलासा

मेक्सिकोमा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिकाबाट भित्रिएको खुलासा


मेक्सिकोले विगत केही वर्षमा करिब १८ हजार अवैध हतियार जब्त गरेको छ, जसमध्ये ७७ प्रतिशत हतियार अमेरिकाबाट भित्रिएका मेक्सिकोका रक्षासचिव रिकार्डो ट्रेभिल्ला ट्रेजोले जानकारी दिएका छन् ।

मंगलबार (१० फरवरी) आयोजित प्रेस सम्मेलनमा राष्ट्रपति क्लाउडिया शैनबाउमले यी हतियारहरू कसरी संगठित अपराध समूहको हातमा पुगे भन्ने विषयमा गहिरो अनुसन्धान आवश्यक रहेकोमा जोड दिए । उनले ड्रग तस्करी र सिमापार हतियार तस्करीलाई मेक्सिकोका प्रमुख चुनौतीका रूपमा उल्लेख गरे ।

अपराधिक गिरोहलाई कमजोर पार्न र सुरक्षा चुनौतीहरू सामना गर्न संयुक्त प्रयास र अन्तर्राष्ट्रिय सहयोग अनिवार्य रहेको राष्ट्रपति क्लाउडिया र रक्षासचिव ट्रेजोको भनाइ थियो ।

विशेष रूपमा, अमेरिकासँगको सशस्त्र र सुरक्षा समन्वयलाई अझ सुदृढ बनाउनु आवश्यक रहेकोमा जोड दिइएको छ । यसले अमेरिका र मेक्सिकोबीच सीमा पार हतियारको समस्यालाई फेरि ध्यानाकर्षण गराएको छ, जहाँ अवैध हतियारहरू प्रायः सिमापार भएर गिरोह र तस्करी नेटवर्कमा पुग्ने गरेको देखिन्छ ।