तीन महिनापछि राजधानी फर्किंदा विमानस्थलमा राजाको भब्य स्वागत

तीन महिनापछि राजधानी फर्किंदा विमानस्थलमा राजाको भब्य स्वागत


तीन महिनाको झापा बसाइपछि राजधानी काठमाडौं फर्किनुभएका राजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा समर्थकहरुद्वारा भव्य स्वागत गरिएको छ । कैलाश एयरको हेलिकप्टरमा दमकबाट काठमाडौं आउनुभएका राजालाई राजसंस्थाका पक्षधर तथा राजाका समर्थकहरुले फूल र राष्ट्रिय झण्डाका साथ उत्साहपूर्वक स्वागत गरेका हुन् ।

राजाको स्वागतमा विमानस्थल पुगेका समर्थकहरुले ‘राजा आऊ देश बचाऊ’ ‘नारायणहिटी खालि गर’, ‘गणतन्त्र मुर्दावाद’ लगायतका नारा लगाएका थिए भने सनरूफ कारमा उभिएर राजा ज्ञानेन्द्रले हात हल्लाउँदै समर्थकहरूलाई धन्यवाद दिनुभएको थियो । उहाँलाई समर्थकहरुले र्‍यालीका साथ निर्मल निवास लैजाँदैछन् ।

ज्ञातव्य छ, राजाको आगमन र समर्थकहरुको उपस्थितिको पूर्वआँकलन गरेर काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज (१ फागुन) त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने भनी सूचना जारी गरेको थियो ।