पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मऱ्यो, कर्मचारी घाइते

पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मऱ्यो, कर्मचारी घाइते


अर्घाखाँचीको मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी–३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइते भएको थियो । घाइते चितुवालाई उद्धार गरी उपचारका लागि अर्घाखाँची जिल्ला वन कार्यालयमा लगिएको थियो ।

उपचारका सोमबार (४ फागुन) दिउँसो चितुवा मरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिएका छन् । चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन् ।