- विशेष प्रतिनिधि, जापान
जापानकी प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले बुधबार (१८ फरवरी) बिहान सामूहिक राजीनामा दिएको छ।
गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीले नयाँ संसद् बैठक सुरु हुनुअघि यो कदम चालेकी हुन् ।
फेब्रुअरी ८ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले ४६५ सिटमध्ये दुई तिहाइभन्दा बढी स्थानमा जित हासिल गरेको थियो ।
यसपटक एलडीपीले पुरानो साझेदार कोमेइतोसँगको सहकार्य अन्त्य गर्दै ‘जापान इनोभेसन पार्टी’सँग नयाँ गठबन्धन बनाएको छ ।
बुधबार नै बस्ने संसद्को विशेष अधिवेशनले ताकाइचीलाई पुनः प्रधानमन्त्रीमा निर्वाचित गर्ने निश्चित देखिएको छ । दुवै सदनको निर्वाचनपछि उनले नयाँ मन्त्रिपरिषद् गठन गर्नेछिन् । विशेष अधिवेशन जुलाइ १७ सम्म, १५० दिनसम्म चल्ने तय गरिएको छ ।
प्रतिक्रिया