टिपरले ठक्कर दिँदा स्कूटरचालकको मृत्यु, स्थानीयले जलाए टिपर

टिपरले ठक्कर दिँदा स्कूटरचालकको मृत्यु, स्थानीयले जलाए टिपर


बनेपा (काभ्रेपलाञ्चोक)मा स्कूटरलाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । ठक्करबाट मानिसको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले टिपरमा आगजनी गरेका छन् ।

बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो ।

बनेपाको चाँदनी चोकमा आज (६ फागुन) बिहान भएको सो दुर्घटनामा स्कूटरचालकको घटनास्थलमै मृत्यु भएको र घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आक्रोशित स्थानीयवासीले यातायात अवरुद्ध गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।