- कपिलवस्तु प्रतिनिधि
नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका आशिष शर्मासहित १९ जनालाई पार्टीबाट पाँच वर्षका लागि निष्काशन गरेको छ । उनीहरुलाई पार्टीको जिल्ला अनुशासन समितिको बैठकको सिफारिसअनुसार जिल्ला कार्य समितिले पाँच वर्ष निष्कासनका लागि पार्टीको लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रिय अनुशासन समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
कारवाहीको सिफारिसमा परेकाहरुमा पार्टीका पूर्व कन्द्रिय सदस्य, पुर्वमन्त्री एवम् भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्याय, महासमितिका सदस्यहरु राजेशबहादुर सिंह, कमल टण्डन, बिष्णु न्यौपाने, क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति अब्दुल मन्नान खाँ, जिल्ला सदस्यहरु हरिराज घिमिरे, कमलराज आचार्य, क्षेत्र नं. १ (क)का प्रदेश सभापति दुर्गा केसी, महाधिवेशन प्रतिनिधी डोलकराम घिमिरे, क्षेत्र नम्बर १ (क) प्रदेश सदस्य विनोद घिमिरे, शुद्धोधन गाउँपालिका सभापति विश्वम्भर कुर्मी, मायादेवी गाउँपालिकाका सभापति शैलेन्द्रधर द्विवेदी, बाणगंगा नपा ६ का बुथ इकाई सभापति अनिल पाण्डे, क्षेत्रिय प्रतिनिधिहरु सरजु प्रसाद चौधरी, तिलकराम पाण्डे, चर्तुभुजीमणी त्रिपाठी, मिथीला शर्मा र सिडियो भन्ने परमेश्वर पाठक रहेका छन् ।
पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध र अन्य उम्मेदवारलाई समर्थन गरेको प्रमाणका आधारमा जिल्ला अनुशासन समितिको फागुन ३ गतेको बैठकको सिफारिसअनुसार पार्टीको विधानको धारा ३४ को उपधारा ४ (क) र (ख) बमोजिम पार्टीको साधारण सदस्य नरहने गरि निजहरुलाई पाँच वर्षसम्म पार्टीबाट निष्कासन गर्ने निर्णयसहित पार्टीको लुम्बिनी प्रदेश कार्य समिति र केन्द्रिय अनुशासन समितिलाई सिफारिस गर्ने निर्णय भएको पार्टीका जिल्लासचिव शक्ति सिंह ठकुरीले जानकारी दिए ।
प्रतिक्रिया