रास्वपाद्वारा कर्णालीबाट ‘वाचापत्र’ सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार’ समेटेर आफ्नो चुनावी ‘वाचापत्र’ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बिहीबार (७ फागुन) सार्वजनिक गरेको छ ।
‘हामी आयौँ’ परिवर्तन उद्घोष सभामा सार्वजनिक गरिएको वाचापत्र किन कर्णालीमै आएर रास्वपाले सार्वजनिक गर्यो ? रास्वपाका सभापति रवि लामिछानेले यसको कारण खुलाए, ‘जब सञ्चारकर्मीका रूपमा रिपोर्टिङ गर्दै, समाचार खोज्दै कर्णाली आएको थिएँ, समाचार बोलेर समाचार बोकेर होइन एउटा अस्पताल दिएर जाने अवसर मैले पाएको थिएँ कालीकोटमा ।’
‘त्यही नाताको आधारमा अलिकति हक लगाएर भन्छु कर्णालीबाट बाचापत्र सार्वजनिक गर्नुको पछाडि अर्थ छ’, लामिछानेले भने- ‘अर्थात् पछाडि पारिएको कर्णालीलाई अब पछाडि पार्न नदिने वाचासहित आजको वाचापत्र सार्वजनिक गर्नुको एउटा प्रमुख कडी हो ।’
प्रतिक्रिया